Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

विमानस्थल ग्राउन्ड ह्यान्ड्लिङ प्रकरण : सरकार माफियाहरूको चलखेलमा परेको प्रदीप यादवको आरोप

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले सरकार माफियाहरूको चलखेलमा परेको आरोप लगाएका छन् ।

सचेतक यादवले शुक्रवार सामाजिक सञ्जाल फेसबूकमा एउटा पोस्ट लेख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्ड्लिङ नेपाल वायुसेवा निगमबाट खोसेर प्रतिस्पर्धामा दिने सरकारको निर्णय प्रति विरोध जनाउँदै यस्तो आरोप लगाएका हुन् ।

सरकारले नेपाल वायुसेवा निगमबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्ड्लिङ खोसेर निगमलाई नै सिद्ध्याउने खोजिरहेको आरोप समेत लगाएका छन् । “पटक पटक निगमको ग्राउन्ड ह्यान्ड्लिङ खोस्न किन लागि परिरहन्छन् ? माफियाहरूको चलखेलमा सरकार किन पर्छ ?,” उनले लेखेका छन् । 

निगमले देशलाई आर्थिक रूपमा समृद्धि बनाउन बर्सेनि अर्बौँ विदेशी मुद्रा राज्यका लागि सिञ्चित गर्नुका साथै आफ्नो कमाइको १५ प्रतिशत रोयल्टी नागरिक उड्डयन प्राधिकरणलाई र १३ प्रतिशत भ्याट एवम् आयकर समेत सरकारलाई बुझाइरहँदा माफियाहरूले यसलाई सिद्ध्याउन खोजिरहेको उनको कथन छ । “निगमले यात्रु र पर्यटक बोकी बर्सेनि करिब २० अर्ब रुपैयाँ बराबरको विदेशी मुद्राको सञ्चिति बढाइ देश आर्थिक रूपमा समृद्ध गर्न सघाउँछ । आफ्नो कमाइको १५ प्रतिशत रोयल्टी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई र १३ प्रतिशत भ्याट एवम् आयकरसमेत सरकारलाई बुझाइरहेको छ,” पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले लेखेका छन्, “सञ्चयकोष र नागरिक लगानी कोषको ऋण पनि तिरिरहेको छ । दुर्गम क्षेत्रमा उडान भर्ने जहाजसमेत थप्दै छ ।” 

निगमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमअनुसार उडानको साथै एयरपोर्टको ग्राउण्ड ह्यान्ड्लिङ गर्दै आएको इतिहासलाई स्मरण गराउँदै यादवले निगमको ग्राउन्ड ह्यान्ड्लिङ अन्तर्राष्ट्रिय आइएटीए आइएसएजीओ प्रमाणित रहेको यसका लागी प्रत्येक दुई वर्षमा सेवा र सुरक्षा गुणस्तरीयता परीक्षण समेत हुने गरेको बताएका छन् । “नेपालमा यो सर्टिफिकेट पाउने नेपाल वायुसेवा निगम मात्र हो, अरू छैन,” उनले उल्लेख गरेका छन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचन प्रतिनिधिसभा सदस्य समेत रहेका यादवले निगमलाई राज्यको सम्पत्ति भएको बताउँदै राष्ट्रिय ध्वजाबाहक फहराउँदै देश विदेशमा उच्चस्तरीय भ्रमण हुँदा सबैको छाती गर्वले फुल्ने गरेको बताएका छन् । “मर्दा,  पर्दा, अलपत्र हुँदा निगमले तुरुन्त उडेर उद्धार गरेको छ । इजरायलको घटना होस वा लकडाउन होस् वा अफगानिस्तानको आक्रमण होस् वा जाजरकोटको भूकम्प होस् देशले नेपाल वायुसेवा निगममार्फत सशक्त उपस्थिति देखाएको छ । भन्ने बित्तिकै उडेर सेवा दिएको छ । नेपाल वायुसेवा निगम देशको पहिचान हो, इज्जत हो । अरू देशसँग जोडिने गगन – सेतु हो । निगमले उडान भरेर र ग्राउण्ड ह्याण्ड्लिङ गरेर विदेशी मुद्रा आर्जन गर्छ, प्रत्यक्ष रेमिटेन्स भित्र्याउँछ,” उनले थपेका छन् ।

यादवले निगमलाई सिद्ध्याउन खोज्ने आफै सिद्धिएको इतिहास रहेको समेत उल्लेख गरेका छन् । “इतिहास साक्षी छ, कसैको पद गएको छ त कोही सिधै माथि गएका छन् । चेतना भया,” उनले लेखेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...