Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

कडा सुरक्षाकाे बिच बसेकाे महानगर कार्यपालिकाकाे बैठक निष्कर्षविहिन

spot_img
spot_img

वीरगंज ।  पञ्जीकरण शाखा राख्ने विषयमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलम समूह बिच भएको विवाद पश्चात् बिहीबार बसेको कार्यपालिका बैठक कुनै निष्कर्ष नै ननिकाली टुङ्गिएको छ ।

उपमेयर आलमको कार्यकक्षसँगै टाँसिएको प्रमुख प्रशासकीय अधिकृतको कोठा खालि भएपछि त्यहाँ पञ्जीकरण शाखा राख्नेकी उपमेयरको सचिवालय भन्ने विषयमा भएको विवादलाई सुल्झाउन बिहीबार बसेको कार्यपालिका बैठक निष्कर्षविहीन टुङ्गिएको हो ।

महानगरस्थित सभागृहमा झन्डै डेढ घण्टासम्म चलेको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि समस्या समाधान गर्ने जिम्मा सुशासन समितिलाई दिइएको छ । वीरगंज महानगरपालिका – ५ का वडाध्यक्ष प्रदीपकुमार चौरसिया संयोजक रहेको समितिलाई सोमबारसम्म कोठाको विषयमा निर्णय लिने जिम्मा दिइएको वीरगंज महानगरपालिका – १० का वडाध्यक्ष सुशील कुमार कानुले जानकारी दिए ।

वडाध्यक्ष कानुका अनुसार खाली रहेको प्रमुख प्रशासकीय अधिकृतको कोठामा के राखिने विषयलाई अध्ययन गरेर आवश्यकताको आधारमा समितिले सोमबार भित्र कार्यपालिका बैठकमा प्रतिवेदन बुझाउने छ ।

कार्यपालिका बैठक पूर्व महानगर परिसर भित्र बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । सम्भावित झडपलाई आङ्कलन गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) ध्रुव कुमार श्रेष्ठको नेतृत्वमा प्रहरी परिचालन गरिएको थियो ।

यसअघि आइतबार कोठाको विषयलाई लिएर मेयर सिंह र उपमेयर आलम समूहबिच विवादसँगै झडप समेत भएको थियो । झडपका क्रममा केही व्यक्तिलाई सामान्य चोटपटक समेत लागेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...