Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

पकहाँ मैनपुर गाउँपालिका पूर्ण खोप घोषणा

spot_img
spot_img

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिका बिहिबार एक समारोहका बिच पुर्ण खोप घोषणा भएकाे छ ।गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहताको अध्यक्षता भएकाे कार्यक्रममा जिल्ला समन्वय समिती पर्साका प्रमुख निरन्जन कुमार सर्राफले गाउँपालिकालाई पूर्ण खाेप गाउँपालिका घाेषणा गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रमुख सर्राफले गाउँपालिकालाई पूर्ण घाेप घाेषणा गर्दै साेकाे प्रमाण पत्र गाउँपालिका अध्यक्ष मेहतालाई हस्तान्तरण गरेका थिए ।

स्वास्थ्य चौकी पकहाँ मैनपुरको प्राङ्गणमा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत जयमोद ठाकुरले पूर्ण खोप गाउँपालिका घोषणा गराउनमा सहयाेग गरेका कर्मचारीहरुलाई दोसाला, प्रमाणपत्र र अबिरको टिका लगाई सम्मान गरेका थिए ।

साे अवसरमा वाेल्दै उनले जिल्लामा १० वटा पालिका पूर्ण खाेप घोषणा भइसकेको र बाकी ४ वटा मध्ये पकहाँ मैनपुर गाउँपालिका ११ औ पालिका पुर्ण खोप घोषणा भएको वताए । बाकी ३ वटा मध्ये कालिकामाई, धोबिनी र बिन्दवासिनी गाउँपालिका रहेको खोप अधिकृत ठाकुरले बताए ।

साेही कार्यक्रममा गाउँपालिकाकाे वडा नम्बर १ देखी ५ नम्बर वडा पनि आज नै सोही समारोहमा घोषणा गरिएको थियाे ।  गाउँपालिका अध्यक्ष मेहता, उपप्रमुख सरफुन नेसा र प्रमुख प्रशासकिय अधिकृत उदयशंकर चाैधरीले वडाध्यक्ष र स्वास्थ्य संस्थाका प्रमुखहरुलाई वडा पुर्ण खोप घाेषणा भएकाे प्रमाण पत्र वितरण गरेका थिए ।

साे अवसरमा गाउँपालिका अन्तर्गतका ४५ जना महिला स्वयम् सेविकाहरुलाई पालिकाले कदर गर्दे प्रमाणपत्र, १ सेट मोबाईल, टर्च र छाता पनि उपहारको रुपमा वितरण गरेकाे थियाे ।

पालिका खाेप समन्वय समिति पकहाँ मैनपुरकाे आयाेजनामा भएकाे कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका उप प्रमुख पुरन पटेल, जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्तिनारायण साह, जनस्वास्थ्य निरिक्षक अनिल यादव, वडा नम्बर १ का वडाअध्यक्ष बिनोद मेहता, ३ का संजय चौहान, ४ का ढेडी यादव, इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक माेहन बिक्रम केशी, गाउँपालिका स्वास्थ्य संयाेजक सदाम हुसेन, सह संयाेजक शत्रुधन गिरी लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

घोषणा सभालाई समापन गर्दै गाउँपालिका अध्यक्ष मेहताले आउदो आर्थिक बर्ष २०८१।०८२ को योजनामा महिला स्वयम् सेविकाहरुलाई २ हजार बढाएर ५ हजार प्रति महिना गर्ने घोषणा गरे ।

कार्यक्रममा स्वागतमन्तब्य स्वास्थ्यकर्मी सिता जयसवालले गरेकी थिइन भन्ने कार्यक्रमकाे संचालन संचारकर्मी निलिमा पौडयालले गरेकी थिइन । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...