Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

सिम्रौनगढमा प्रमुख प्रशासकिय अधिकृत हाजिर गराउने विषयमा झडप, एक जनाकाे मृत्यु

spot_img
spot_img

बारा । बाराको सिम्रौनगढ नगरपालिकामा बुधबार प्रहरी र आन्दोलनरत कर्मचारीबीच झडप हुँदा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुने स्थानीय सिम्रौनगढ-१ का २५ बर्षीय लक्ष्मी मुखिया बिन रहेका बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । अर्का  १ जना गम्भीर घाइते भएका छन् ।

मृतकको टाउकोमा गोली लागेको र घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले जनाएका छन । अर्का घाइते हरियरपुरका रहेको र उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर जाने क्रममा आन्दोलनरत कर्मचारीहरुले हाजिर गर्न नदिएपछि सुरु भएको विवादले भिडन्तको रुप लिएको थियो ।

प्रदर्शनकारीले नगर प्रमुख साह र प्रमुख प्रशासकिय अधिकृत सवार नगरपालिकाकाे बा २ झ ४३५४ नम्बरकाे स्कार्पियाे गाडीमा ढुंगामुडा गरेका थिए । 

प्रदर्शनकारीको ढुंगामुडाबाट १० जना प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।

प्रतिपक्षी समुह तथा अनशनमा बसेका व्यक्तिहरुकाे उग्र प्रदर्शन बढ्दै गएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास तथा हवाइ फायर गरेको थियाे ।  प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए । 

नगरपालिकाकामा कार्यरत स्थायी,  करार  र ज्यालादारी कर्मचारीहरुले लामो समयसम्म तलव नपाएपछि अनशन बसेका थिए ।

अनशनरत कर्मचारीहरुले वार्तापछि मात्र कार्यकारी अधिकृतलाई हाजिर गराउनुपर्ने माग गरेका थिए । तर नगर प्रमुख साहले प्रशासकिय अधिकृतलाई हाजिर गराउन खोजेपछि भिडन्त भएकाे थियाे । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न रास्वपा नेता चौरसियाको आग्रह

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता योगेन्द्र चौरसियाले मधेशमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई शान्ति, सद्भाव र...

दोषीमाथि कडा कारबाही हुन्छ, अफवाह नफैलाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत विभिन्न स्थानमा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देशका केही जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई लिएर नेपाल...

पर्सावासीलाई प्रशासनको अपिल : निषेधाज्ञाको पूर्ण पालना गर्न र अफवाह नफैलाउन आग्रह

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुरक्षा, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सम्पूर्ण पर्सावासीलाई निषेधाज्ञाको पूर्ण पालना गर्न तथा अफवाह...