Date
शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

वीरगंज महानगरका प्रमुख र उपप्रमुख पक्ष बीच झडप

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्ने कोठा प्रयोग गर्ने विषयमा महानगरका प्रमुख र उपप्रमुखपक्षका समर्थकबीच विवाद भएको छ । 

वीरगंज महानगरपालिका कार्यालयमा मंगलबार महानगर प्रमुख राजेशमान सिंह र उपप्रमसख इम्तियाज आलम पक्षका सथर्मकवीच विवाद हुँदा दिनभर महानगर तनावग्रस्त रह्याे ।

महानगर प्रमुख सिंह बस्दै आएको कार्यकक्ष भन्दा माथि नयाँ कोठा बनेपछि त्यसलाई प्रमुखको कार्यकक्ष बनाएको र पहिले बस्दै आएको कार्यकक्षलाई भने प्रमुख प्रशासकीय अधिकृतको लागि प्रयोग गर्ने र यसअघि प्रमुख प्रशासकीय अधिकृत बस्दै आएको कोठालाई भने पञ्जिकरण शाखा राख्ने योजनामा महागनर प्रमुख रहेका थिए ।

त्यही नजिकै उपप्रमुख इम्तियाज आलमको पनि कार्यकक्ष रहेकोले उप प्रमुखले भने आफूलाई कार्यकक्ष विस्तार गर्नुपर्ने अथवा सचिवालय राख्ने तयारी गरेपछि विवाद भएको हो । 

कार्यकक्षमा वीरगंज महानगरले पंजीकरण शाखा राख्ने तयारी स्वरुप तीन दिन अगाडि सामान समेत सारिएको थियो । 

सामान सार्दै गरेको अवस्थामा उपप्रमुखको सचिवालयले त्यो कोठमा तल्चा लगाएपछि विवाद हुँदा हात हलाहाल समेत भएकाे हाे । 

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले भने विवाद टुंगो लगाउन मंसिर २८ गते कार्यपालिकाको बैठक बोलाईएको वताए । कार्यपालिका बैठकबाट नै विवादको समाधान गर्ने प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए ।

प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले महानगरकोस्थित सामान्य रहेको बताएका छन् । गत स्थानीय तहको निर्वाचनमा वीरगंज महानगरपालिकामा कांग्रेस र जसपा गठबन्धनका मेयर र उपमेयरका उम्मेदवार विजयी भएका थिए ।

यसैबिच महानगरपालिका सहकर्मीहरुमाथि उपप्रमुख सहित उनको सचिवालयको टोलीले अभद्र व्यवहार गरेकाे भन्दै वीरगंज महानगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन् ।

स्थानीय तह कर्मचारी संघ वीरगंज महानगर इकाई समितिले मंगलबार महानगर प्रमुख राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाउँदै भोलीदेखि कालोपट्टी बाँधेर विरोधको कार्यक्रम सुरु गर्ने जानकारी दिएकाे छ ।

समितिले महानगरका विभिन्न महाशाखाहरुमध्ये स्वास्थ्य तथा सामाजिक विकास महाशाखा अन्तर्गतको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखालाई व्यवस्थित गर्न लाग्दा प्रमुख प्रशासकीय अधिकृतमाथि नै कार्यपालिका सदस्य समेत रहेका कन्हैया ठाकुरले गालिगलौज गर्दै अभद्र व्यवहार गरेको प्रति खेद व्यक्त गर्दै आन्दोलन गर्न बाध्य भएको जनाएको छ ।

यस्तै पंजिकरण शाखा व्यवस्थित गराउन लागेका कर्मचारीहरु अमृता शास र रनु दासलाई पनि उपप्रमुख आलमको स्वकीय सचिव रहेका शेष हजराले अश्लील गाली गलौज गर्दै अभद्र व्यवहार गरेको प्रति पनि इकास समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उपप्रमुखकै सचिवालयमा कार्यरत कर्मचारी (शिक्षक) रविनन्दन सिंहले समेत कृषि शाखामा कार्यरत कृषि अधिकृत रोशनी यादवलाई पटक पटक डर, धाक धम्की दिँदै गाली गलौज गर्ने गरेको घटना निन्दनीय रहेको पनि इकाइ समितिले जनाएको छ ।

उपप्रमुख र उनको सचिवालयको टोलीले प्रमुख प्रशासकीय अधिकृत सहित कर्मचारीहरुलाई अभद्र व्यवहार गर्ने गरेकाले आफूहरु बाध्य भएर आन्दोलित हुनु परेको इकाई समितिका अध्यक्ष मुकेश गुप्ताले बताए ।

उपप्रमुख तथा उनको सचिवालय सदस्यहरुको कार्यशैलीको विरोधमा बुधबार र बिहीबार २ दिन हातमा कालो पट्टी बाँधेर काम गर्ने र त्यस पछि पनि समस्याको निकास ननिस्किए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने अध्यक्ष गुप्ताले बताए ।

महानगर प्रमुखलाई ज्ञापन पत्र बुझाउन इकाई समितिका अध्यक्ष गुप्तासहित उपाध्यक्ष सुधिर जंग राण, सचिव पवन प्रधान, सहसचिव मन्जित यादव, सुभद्रा बन्जरा लगायतको टोली पुगेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानी गाउँपालिका पूर्ण साक्षर घोषणा

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिकालाई पूर्ण साक्षर गाउँपालिकाका रूपमा घोषणा गरिएको छ । नेपाल सरकारले निर्धारण गरेका साक्षरतासम्बन्धी सबै सूचक तथा मापदण्ड पूरा...

नारायणी रंगशाला र कभर्डहलका लागि साढे १२ करोड बजेट विनियोजन

वीरगंज । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वीरगंजस्थित नारायणी रंगशाला र नारायणी बहुउद्देश्यीय कभर्डहलको स्तरोन्नतिका लागि कुल १२ करोड ५० लाख रुपैयाँ...

पर्सामा भन्सार छलीका स्याउ र ट्र्याक्टरका पार्टपुर्जा सहित चार जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले भन्सार छली गरी ल्याइएका स्याउ तथा ट्र्याक्टरका पार्टपुर्जा बरामद गर्दै चार जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार...