Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

बारामा पतिकाे कुटपिटबाट पत्नी घाइते

spot_img
spot_img

वीरगंज । बारामा पतिकाे कुटपिटबाट पत्नी घाइते भएकी छन् । महागढीमाई नगरपालिका–३ गँजभवानीपुरकी २८ वर्षीया सलमा खातुन घाइते भएकी हुन् ।

आफुलाई ३० वर्षीय पति आसिक देवानले कुटपिट गरेको भन्दै मंगलबार खातुनले जिल्ला प्रहरी कार्यालय बाराकाे महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिएकी छन् । 

आराेपित पतिले आफुलाई मङ्सिर ६ गते सानो तिनो कुरामा बादबिवाद हुँदा मुक्का प्रहार गरी ढाडको रिढमा ठूलो चोट पुर्‍याई घाइते बनाएको पीडित खातुनले बताइन ।

त्यस्तै, आरोपितले पटक पटक कुटपिट र गालिगलौज गरेको हुनाले एक साथ बस्न नसक्ने पनि पीडितकाे भनाई छ । घटना पश्चात पीडित माइतबाटै उपचार गराइरहेकी उनले आफनो दुखेसो पोखिन ।

पीडीतको उपचार मङ्सिर १४ गतेदेखि जितपुर सिमरा होस्पीटलमा भइरहेको छ । उपचारकाे क्रममा रिढको एमआर गराउनु पर्छ भनि डाक्टरले सल्लाह दिएको पीडितले बताइन ।

दुवै पक्षलाई बोलाइ घटना बारे सत्य तथ्य बुझी दोषीलाई कानुन बमोजिम कारबाही गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी इन्सपेक्टर बिमला कुमारी कठायतले जानकारी दिइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...