Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंजकाे ४ वटा वडामा सुशासन समितिको अनुगमन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले ग्रामिण क्षेत्रको वडा कार्य अझ प्रभावकारी बनाउन सुशासन तथा संस्थागत विकास समितिले वडा समितिहरुको अनुगमन तिव्र बनाएको छ ।

वीरगंज महानगरपालिकाद्वारा गठित सुशासन तथा संस्थागत विकास समितिले सोमबार महानगरको ४ वटा वडाको सेवा प्रभावह बारे वडा नं. २५, १७, १९ र २४ को अनुगमन गरेको हाे ।

अगामी दिन ग्रामिण क्षेत्रको वडाहरुमा अझ प्रभावकारी कार्य तथा सेवा दिलाउन कार्य अधि बढाएको समितिका संयोजक प्रदीप चौरसियाले जानकारी दिए । वडामा कर्मचारीको उपस्थिति, सेवा प्रवाहको अवस्था, राजश्व संकलन लगायतका विषयमा जानकारी लिएको समितिका संयोजक चौरसियाले वताए ।

कतिपय वडामा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या आएको र कतिपय स्थानमा राजश्व संकलनमा समेत समस्या देखिएकाले वास्तविकता यकिन गर्न अनुगमन थालिएको उनले  बताए ।

वडामा संकलन हुने राजश्व साप्ताहिक रुपमा दाखिला गराउनु पर्नेमा कतिपयले दाखिला नगरेको देखिएकाले त्यसलाई कडाई गरिने महानगरको प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकारले बताए ।

अब ३२ वटै वडामा दैनिक रुपमा अनुगमन गर्ने र समयमा कार्यालयमा अनुपस्थिती भेटिने कर्मचारीलाई कारबाही पनि गरिने उनले बताए ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जनप्रतिनिधि रहने वडा कार्यालयमा नै सेवाग्राहीले सास्ती पाएको तथा राजश्व संकलनमा समसया देखिएको गुनासो आएपछि अनुगमनलाई कडाई गर्न निर्देशन दिए बमोजिम समितिले अनुगमन सुरु गरेको हो ।

वडा नं. ५ का वडाध्यक्ष समेत रहेका समितिका संयोजक चौरसियाको नेतृत्वमा गएको प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, महानगर प्रमुखका सचिवालय सल्लाहकार हरि पोखरेल, प्रेस सल्लाहकार महेश दास लगायतकाे अनुगमन टाेलीमा सहभागि थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...