Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

ठोरीमा दश कट्ठामा लगाइएको गाँजा खेती नष्ट

spot_img
spot_img

वीरगंज । पर्साको ठोरी गाउँपालिकामा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।

सूचना परिचालन तथा प्रहरी कारबाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय पर्साले बुधवार दिउँसो ठोरी – ३ र ४ स्थित दश कट्ठा जग्गामा लगाइएको अवैध गाँजा खेती नष्ट गरेको हो ।

पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाका अनुसार बुधवार दिउँसो १ बजेदेखि ५ बजेसम्ममा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष राईको कमान्डमा खटिएको टोलीले अवैध रूपमा लगाइएका झन्डै आठ हजार बोटहरू नष्ट गरेको छ ।

गाँजा खेतीमा संलग्नहरूको पहिचान र खोजतलास पनि भइरहेको डिएसपी थापाले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...

वीरगञ्ज सुक्खा बन्दरगाह र आईसीपीको पूर्वाधार विकास समितिद्वारा अनुगमन

वीरगञ्ज । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र एकीकृत...