Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

सामाजिक सुरक्षा कोषद्वारा वीरगंजका मेयर सिंह सम्मानित

spot_img
spot_img

वीरगंज । नेपाल सरकारकाे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतका सामाजिक सुरक्षा कोषले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई सम्मान गरेकाे छ ।

देशका महानगरहरूमध्ये वीरगंज महानगरपालिकाले सबैभन्दा पहिला अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सम्झौता गरेकोले काेषले छैठाैं समाजिक सुरक्षा दिवस २०८० काे अवसरमा साेमबार मेयर सिंहलाई सम्मान गरेकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महानगरपालिकाका मेयर सिंहलाई खादा ओढाएर प्रशंसा पत्रले सम्मान गरेका हुन् ।

नेपाल सरकारको सामाजिक सुरक्षा कोष र वीरगंज महानगरपालिका बिच अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन महानगर मध्ये वीरगंजले पहिलो सम्झौता गरेसँगै सम्मान गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले जानकारी दिए । 

कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड सहित श्रम रोजगार तथा सामाजिक सुरक्षा सुरक्षामन्त्री भण्डारी, आई.एल.ओ.का प्रतिनिधि, जि.आइ.जेडका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

नेपालको संविधानको धारा ३४ ले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने संवैधानिक प्रावधानको कार्यान्वयनका लागि वीरगंज महानगरपालिकाले गरेको प्रयास कोसेढुंगा सावित हुने विश्वास आफूले लिएको सम्मान कार्यक्रममा मेयर सिंहले बताए । 

उनले महानगर क्षेत्र भित्रका सबै श्रमिक तथा रोजगारदाताले श्रम कानुनको पूर्ण परिपालना गरि श्रम बजारलाई आकर्षक, सुरक्षित र उत्पादकत्वलाई टेवा दिने क्षेत्रको रुपमा विकास गर्न महानगर प्रतिबद्ध रहेको घोषणा गरे  

मेयर सिंहले वीरगंज महानगर क्षेत्र भित्रका अनौपचारिक क्षेत्र कृषि, निर्माण, यातायात र घरेलु कामदारमा काम गर्ने श्रमिकलाई महानगरपालिकाद्वारा सह योगदान समेत गरि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्यको सुरुवात यो सम्झौताले गरेको जानकारी दिए ।

अनौपचारिक क्षेत्रका श्रमिकलाई  यस योजनामा आबद्ध गराउन बजेट व्यवस्थापन र श्रमिक छनौटको कार्य चाडै अगाडि बढाउने प्रतिबद्धता समेत मेयर सिंहले व्यक्त गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...