Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

ठाेरीमा नातिद्वारा हजुर बुवाकाे हत्या

spot_img
spot_img

पर्सा । हजुर बुवाकाे हत्या गरेकाे आराेपमा प्रहरीले ठोरी गाउँपालिकाकाे वडा नं. २ गौतम नगरको डाँडा टोल निवासी ३६ वर्षीय कृष्ण बहादुर खड्कालाई पक्राउ गरेकाे छ ।

खड्काले आइतबार दिउँसो ४ बजे कोदो कुट्ने लाठोले प्रहार गरेर आफ्ना ८२ वर्षीय हजुरबुबा लक्ष्मण लामाको हत्या गरेकाे प्रहरीले जनाएकाे छ ।

लाठो प्रहारबाट गम्भीर रूपले घाइते भएका लामाको उपचारकाे लागि अस्पताल लाँदालाँदै बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

इन्स्पेक्टर राईका अनुसार लाठो प्रहारबाट लामा लडेपछि खड्का घटनास्थलबाट फरार भएका थिए ।

यद्यपि स्थानीयहरूको सहयोगमा उनलाई आइतबार नै नजिकैको सिसौ घारीमा लुकेर बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमार बिक्रम थापाले वताए । 

मृतक लामाको शव पोस्टमार्टमका लागि वीरगंजस्थित नारायणी अस्पतालमा राखिएकाे र घटना बारे थप अनुसन्धान भइरहेकाे डिएसपी थापाले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...