Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

महानगरकाे सुशासन समितिद्वारा एकै दिन ५ वडाको अनुगमन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाद्वारा गठित सुशासन तथा संस्थागत विकास समितिले आइतबार महानगरको ५ वटा वडाको सेवा प्रवाह बारे अनुगमन गरेको छ ।

वडाबाट प्रवाह हुने सेवा प्रभावकारी बनाउन र वडाको समस्या पहिचान गर्न समितिले कडाइका साथ अनुगमन थालेको हो ।

समितिले आइतबार वडा नं. ८, ९, ११, १३ र १४ मा अनुगमन गर्दै त्यहा कर्मचारीको उपस्थिति, सेवा प्रवाहको अवस्था, राजश्व संकलन लगायतका विषयमा जानकारी लिएको समितिका संयोजक प्रदीप चौरसियाले जानकारी दिए ।

कतिपय वडामा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या आएको र कतिपय स्थानमा राजश्व संकलनमा समेत समस्या देखिएकाले वास्तविकता यकिन गर्न अनुगमनलाई तिब्रता दिइएको उनले बताए ।

समितिले यस अघि विभिन्न ९ वटा वडाको अनुगमन गरेको थियो । महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जनप्रतिनिधि रहने वडा कार्यालयमा नै सेवाग्राहीले सास्ती पाएको तथा राजश्व संकलनमा समस्या देखिएको गुनासो आएपछि अनुगमनलाई कडाई गर्न निर्देशन दिए बमोजिम समितिले अनुगमनलाई तिब्रता दिएको हो ।

वडा नं. ५ का वडाध्यक्ष समेत रहेका समितिका संयोजक चौरसियाको नेतृत्वमा गएको टोलीमा प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, महानगर प्रमुखका सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, वडा नं. ११ का वडाध्यक्ष अजय कुमार बरै लगायत रहेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...