Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

पत्रकार ध्रुव साह सम्मानित

spot_img
spot_img

काठमाडौं । पर्सा मिलन केन्द्र काठमाडौँले आफ्नो २३ औँ स्थापना दिवस अवसरमा पत्रकार ध्रुव साहलाई सम्मान गरेको छ ।

रेडियो वीरगंज, टिभी वीरगंज एवम् मधेशदृष्टि दैनिकका कार्यकारी अध्यक्षसमेत रहेका साहलाई सञ्चारको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै मिलन केन्द्रले सम्मान गरेको हो ।

कार्यक्रममा शिक्षा, स्वास्थ्य, कला, साहित्य, सञ्चार, विज्ञान, उद्योगलगायतका विभिन्न विद्यामा सक्रिय रहेर समाजलाई योगदान पु¥याइरहेका विभिन्न व्यक्तिलाई अभिनन्दन तथा सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति रामसहाय यादवले सम्मानित हुने सबैलाई बधाई दिँदै सम्मानित हुने व्यक्तिको काँधमा समाजप्रति थप जिम्मेवारी बढेको बताए ।

उपराष्ट्रपति यादवले पर्सा मिलन केन्द्रको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै समाजका लागि मिलन केन्द्रले गर्दै आएको सामाजिक कार्य सबैका लागि अनुकरणीय रहेको भन्दै प्रशंसा समेत गरे ।

उपराष्ट्रपति यादवले काठमाडौँ उपत्यका बाहिर पहिलो उच्च शिक्षा अध्ययन गर्ने थलो पर्सा जिल्लाको ठाकुरराम बहुमुखी क्याम्पस तराई मधेश लगायत सम्पूर्ण नेपालकै शिक्षाको केन्द्र रहिआएको बताए ।

वीरगंज एउटा औद्योगिक सहर भएको र शिक्षा र स्वास्थ्यको पनि सुविधा रहेकोले वीरगंजमा बारादेखि रौतहटसम्मका मान्छेको उपस्थिति देखिएको सुनाए ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति उपस्थित थिए ।

पर्सा मिलन केन्द्रले स्थापनाकालदेखि नै विभिन्न क्षेत्रमा रहेर समाजलाई योगदान पु¥याइरहेका व्यक्तिलाई सम्मान गर्दै आएको र मिलन केन्द्र आफैँ पनि सामाजिक कार्यमा सक्रिय रहँदै आएको अध्यक्ष उमेश कुमार गुप्ता (रौनियार)ले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...