Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

नारायणी क्रिकेट रंगशालाको स्तरोन्नती महानगर आफैँले गर्छ : मेयर सिंह

spot_img
spot_img

वीरगंज । वीरगंजको नारायणीे क्रिकेट रंगशालालाई व्यवस्थित र स्तरोन्नती गर्न महानगर आफैँ अघि सरेको छ । संघ र प्रदेश सरकारले नारायणी रंगशाला पुनःनिर्माणका लागि उपेक्षा गरेकाले महानगर आफैँले रंगशाला व्यवस्थित बनाउने जमर्को गरेको हो ।

बिहीबार महानगरपालिकाका प्रमुख राजेशमान सिंहले स्थलगत निरीक्षण गर्नुहुँदै नारायणी क्रिकेट रंगशालाको स्तरोन्नती अब महानगरले गर्ने बताउनुभयो ।

रंगशालामा अभ्यासका लागि मुख्य मैदानको दक्षिणतर्फको क्षेत्र प्रयोगमा ल्याउने गरि आवश्यक काम अघि बढाउन उहाँले मातहतका कर्मचारिलाई निर्देशन समेत दिनुभएको छ ।

‘मुख्य मैदानलाई असर नपर्ने गरी अभ्यासका लागि नजिकैको दक्षिण तर्फ रहेको खाली ठाउँमा छुट्टै पीच बनाउन काम अघि बढाउनुस’, उहाँले भन्नुभयो, ‘मुख्य मैदान प्रतियोगिताका लागि मात्रै प्रयोगमा ल्याऔँ ।’

महानगरको योजना प्रमुख तथा प्राविधिक सल्लाहकार सहित निरीक्षणमा पुग्नु भएका मेयर सिंहले तत्काल रंगशालाले ओगटेको जग्गाको नापजाँच गरेर घेराबेरा गर्ने र अभ्यासका लागि छुट्टै स्थान बनाउने गरि काम अघि बढाउन टोलीलाई निर्देशन दिनुभएको हो ।

रंगशालाको स्तरोन्नती नहुँदा यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता हुन सकेको छैन । अहिले पर्सा क्रिकेट संघको अगुवाईमा अन्तर्राष्ट्रिय स्तरको ‘प्रो क्लब च्याम्पियनसिप’ को दोस्रो संस्करणको प्रतियोगिता गर्ने तयारी भइरहेको छ ।

त्यसैलाई मध्यनजर गर्दै महानगरले रंगशाला स्तरोन्नतीका साथै आवश्यक काम अघि बढाउने जमर्को गरेको हो ।

पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले रंगशालाको स्तरोन्नतीका लागि महानगर अघि बढ्नु खुःसीको कुरा रहेको भन्दै यसले खेल क्षेत्रको भविष्य उज्वल रहेको देखाएको बताउनुभयो ।

‘महानगरले क्रिकेट रंगशाला व्यवस्थित गर्ने गरि महानगरले अभिभावकत्व लिएकाले खेलाडीहरुमा उत्साह थपिएको छ’, उहाँले भन्नुभयो, ‘वीरगंज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी उत्पादन गर्ने स्थल रहेकाले त्यसलाई जोगाउन पनि यो रंगशाला व्यवस्थित हुन जरुरी छ ।’

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो करियर यही रंगशालाबाट सुरुवात भएको बताउँदै रंगशालाको स्तरोन्नतीका लागि महानगरले योजना अघि बढाएको सुन्दा आफूहरुमा उत्साह थपिएको बताउनुभयो ।

महानगरले यस अघि आदर्शनगर रंगशाला स्तरोन्नती गर्दै यहाँका खेलाडीहरुको प्रयासमा अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गरिसकेको छ ।

अनुगमनमा महानगरका प्राविधिक सल्लाहकार प्रकाश अमात्य, योजना प्रमुख अवधेस कुशवाहा, सरसफाई प्रमुख सर्फुद्दिन मियाँ, पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंह, राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल लगायतको सहभागिता रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...