वीरगंज । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई पत्राचार गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको निर्णयपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई बन्द गर्न पत्राचार गरिसकेको प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए ।
उनका अनुसार टिकटक बन्द गरेकोबारे मुख्यालयलाई पनि खबर गरिएको छ ।
‘हामीले सबै इन्टरनेट प्रदायक संस्थाहरूलाई पत्र काटेर टिकटक बन्द गर्न भनेका छौं, टिकटकको मुख्यालयलाई पनि जानकारी गराइसकेका छौं । सरकारको निर्णय आउनेबित्तिकै हामीले पत्राचार गरेका हौं। २४ घन्टाभित्र टिकटक बन्द भइसक्छ,’ उनले भने ।


