Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

मसिहानीमा जसपाको शुभकामना अदानप्रदान

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपाल जगरनाथपुर गाउँपालिका एकाइ समिति वडा न ५ मसिहानीले शुभदिपावली र छठ पर्बको शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी जसपाका केन्द्रिय कार्यकारिणि समिति सदस्य एवम् मधेस प्रदेश सरकारका पुर्ब मुख्यमन्त्री मा. लालबाबु राउतले मधेसीको आन्दोलनले गर्दा नै आज देशको मधेसी, आदिवासी जनजाति, मुस्लिमहरु र अन्य शोषण उत्पीडनमा परेकाहरु देशको मुलधारमा प्रवेश गरेकाे वताए ।

हिजो र आजको समय फरक भएको बताउदै उनले अबको युग दलित, आदिवासी जनजाति मुस्लिमको नै हुने बिश्वास आफ्नो रहेको बताए ।

कार्यक्रममा उर्जा सिचाइ तथा खानेपानी मन्त्री सिहासन सा कलवारले आफ्नो मन्त्रालयले गर्ने सम्पुर्ण सहयोग यो क्षेत्रको जनताको लागि गरिने बताए ।

उपेन्द्र मुखिया बिनको अध्यक्षतामा भएको कार्यक्रममा जसपा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव , जिल्ला सचीव तबरेज अहमद, नेता पाठा मियाँ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा युवा नेता फिरोज गद्दी, रामपुजन पटेल, भोला ठाकुर लोहार, रामबडाइ पटेल, रामदयाल मुखिया बिन लगायत सयौंको संख्यामा स्थानीय नेताकार्यकर्ताको उपस्तिथि रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...