Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

पकहाँ मैनपुरकाे कार्यपालिका बैठक र शुभकामना आदानप्रदान सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिका कार्यपालिकाको शुक्रबार बसेको बैठक बिभिन्न निर्णय गरि सम्पन भएको छ ।

गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहताको अध्यक्षतामा बसेको बैठकले श्री रामचरित्र भगत माध्यमिक विद्यालयमा यस बर्षदेखी लागु भएको प्राबिधीक शिक्षाको लागी आवश्यक शिक्षक ब्यवस्थापन गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले गत आर्थिक बर्षमा स्वास्थ्कर्मीको निस्केको बिज्ञापनलाई नै निरन्तरता दिने र पदपुर्ती गर्ने निर्णय गरेको छ । अवकाश प्राप्त ६ जना कर्मचारीहरुलाई बिदाई गर्ने समेत कार्यपालिकाले सर्वसम्मत निर्णय गरेको गाउँपालिकाकाे प्रशासन शाखा प्रमुख हरिमोहन महतोले जानकारी दिए ।

यसैबिच गाउँ कार्यपालिकाकाे कार्यालयमा पकहाँ मैनपुरमा दिपावली र छठ पर्वकाे शुभकामना आदान प्रदान कार्यक्रम समेत सम्पन्न भएकाे छ ।कार्यक्रममा सहभागि गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि बिचकाे शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएकाे  प्रमुख प्रशासकिय अधिकृत उदयशंकर चौधरीले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...