Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

प्रधानमन्त्रीलाई प्रदीप यादवको प्रश्न: नारायणी रंगशाला किन गौरवको आयोजनामा परेन ?

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) प्रमुख सचेतक प्रदीप यादवले वीरगंजकाे ऐतिहासिक नारायणी रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न माग गरेका छन् ।

मन्त्रिपरिषद्को बैठकबाट काठमाडौँस्थित मूलपानी क्रिकेट मैदान, मोरङको विराटनगर रङ्गशाला र चितवनको भरतपुर रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउन व्यवस्था मिलाउने निर्णय गर्दा नारायणी रङ्गशाला छुटाएकोमा उनले असन्तुष्टिसमेत जनाएका हुन् ।

‘मूलपानी क्रिकेट मैदान, भरतपुरको क्रिकेट रङ्गशाला र मोरङको विराटनगर रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्दै देशमा खेलकुद सम्बन्धित गतिविधिहरूलाई थप प्रोत्साहित गरी दिनुभएकोमा म यहाँलाई धन्यवाद दिन चाहन्छु । तर वीरगंजकाे ऐतिहासिक नारायणी रङ्गशालासँग विभेद किन ? काठमाडौँको दशरथ रङ्गशालासँगै निर्माण भएको नारायणी रङ्गशाला अझै पुनःनिर्माणको लागि सरकारको पर्खाइमा छ ।

नारायणी रङ्गशाला एउटा आधुनिक एवम् व्यवस्थित रङ्गशाला बन्न सक्ने सामर्थ्य राखेको छ । मधेस प्रदेशको पुरानो एवम् व्यवस्थित रङ्गशाला किन सङ्घीय सरकारको नजरमा पर्न सकेन ?’ उनले प्रधानमन्त्रीलाई सोधेका छन् ।

सांसद यादवले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई नारायणी रङ्गशालाबारे ध्यानाकर्षण पत्र लेख्दै नारायणी रङ्गशालाको जीर्णोद्धार गर्न र यसलाई राष्ट्रिय गौरवको आयोजनाहरूमा समावेश गर्न माग गरेका हुन् । नारायणी रङ्गशाला गौरवको आयोजनामा नसमेटिए वीरगञ्जवासी चरणबद्ध आन्दोलन गर्न बाध्य हुने र भविष्यमा त्यस कारण प्रमुख आर्थिक नगर वीरगंजमा सृजना हुनसक्ने परिस्थितिको जिम्मेवारी स्वयम् सङ्घीय सरकार हुने चेतावनी यादवले दिएका छन् ।

सांसद यादवले दशरथ रंगशालासँगै निर्माण भएको नारायणीलाई राज्यले उपेक्षा गरेर वीरगंजलाई विभेद गरेको टिप्पणी पनि गरेका छन् । ‘सरकारको यस व्यवहारबाट वीरगंजबासी रुष्ट बनेका छन् । असङ्ख्य अवसर र सम्भावनाहरू बोकेको यस रङ्गशालालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि नबढाउँदा वीरगंजबासीले आफूसँग विभेद भएको महसुस गरिरहेका छन् ।

सयौँ वर्षदेखि विभेदमा पर्दै आएका वीरगंजवासीले सङ्घीयता स्थापना पश्चात् विभेदको अन्त्य हुने अपेक्षा गरेका थिए, यद्यपि वर्तमान सरकारले पनि त्यसलाई निरन्तरता दिएको उनीहरूले महसुस गरिरहेका छन् । उनीहरू देशका अन्य स्थानलाई प्राथमिकतामा राख्दा सरकारले वीरगञ्जसँग गरेको उपेक्षाको कारण खोजिरहेका छन् । सम्पूर्ण वीरगंजवासीको प्रश्न छ – “सरकारले नै विभेद गर्दा जनता कहाँ जाने ?,’ उनले ध्यानाकर्षण पत्रमा प्रश्न गरेका छन् ।

यादवका अनुसार २०४२ सालमा स्थानीयहरूको जनसहयोगबाट निर्माण भएको रङ्गशाला आज पूर्ण रूपले जीर्ण बनिसकेको छ । खेलमैदानमा अग्ला घाँसहरू उम्रिएका छन् र दर्शक बस्ने ठाउँ भत्किसकेको छ । हालसम्म यसलाई स्थानीय सरकार र वीरगंजवासीले आफ्नो प्रयासले जोगाएर राखेका छन् । समय–समयमा थोरै मर्मत सम्भार गरेर भए पनि यसको अस्तित्वलाई बचाएर राखेका छन् ।

‘मुलुकमा विभिन्न कालखण्डमा फुटबल, क्रिकेट लगायत खेलकुदसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको साक्षी बनेको नारायणी रङ्गशालाले देशलाई कैयौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गरेर दिएको सर्वविदितै छ । आज पनि नारायणीले देशकै दोस्रो ठूलो रङ्गशालाको दर्जा बोकेको छ । तर पनि वर्षौँदेखि यो सरकारको नजरमा पर्न सकेको छैन । जनताको न्यायको मन्दिर सङ्घीय संसदीय मार्फ़त पनि पटक–पटक यस विषयमा आवाज उठाउँदा समेत सरकारको यसमा ध्यान किन पुगेन ?’ उनले सरकारलाई प्रश्न गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...