Date
सोम, असार १५, २०८३
Mon, June 29, 2026

लिटल बडी स्कुलमा अभिभावक रंगोली प्रतियोगिता

spot_img
spot_img

वीरगंज । लिटल बडी इन्टरनेशनल प्रि स्कुल वीरगंजमा बिहिबार अभिभावक रंगाेली प्रतियाेगिता सम्पन्न भएकाे छ ।

वीरगंज ८ पानीटंकीस्थित रहेकाे स्कुल परिसरमा भएकाे प्रतियाेगितामा ५ समुह गरि १० जना अभिभावले भाग लिएका थिए । ए, बि, सि, डि र ई समुह गरि भाग लिएकाेमा सि समुह प्रथम, डि समुह द्वितिय र ई समुह तृतिय भएकाे स्कुलका प्रिन्सपल बिजय बालले जानकारी दिए ।

प्रतियाेगितामा प्रथम हुनेलाई आगामि महिनाको मासिक शुल्कको २०% छुट, द्वितीय हुनेलाई आगामि महिनाको मासिक शुल्कको १५% छुट र तृतीय हुनेलाई आगामि महिनाको मासिक शुल्कको १०% छुट प्रदान गरिने प्रिन्सपल बालले वताए ।

प्रिन्सपल बालकाे अध्यक्षतामा भएकाे प्रतियाेगिताकाे निर्णायक मण्डलमा माउन्ट मकालु स्कुलका सहायक प्रिन्सपल रेखा जैसी रहेकी थिइन ।

प्रतियाेगिताकाे अतिथीहरुमा प्याबसन पर्साका सचिव राहुल श्रीवास्तव, संचारकर्मी हरिशंकर शर्मा, दिपु बर्णवाल, नविन कार्की लगायतकाे उपस्थिती रहेकाे थियाे ।

साथै, नेपाली संस्कृति झल्काउने विद्यालयका साना साना नानी बाबुसंग देउसी भैलो कार्यक्रम पनि संचालन गरि तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान गरिने स्कुलकी शिक्षिका सुप्रिया पाैडेलले जानकारी दिइन ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

लायन्स क्लब अफ वीरगंजको नेतृत्व दिगम्बर थापालाई, पद हस्तान्तरण सम्पन्न

वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज परिवारको लायन वर्ष (LY) २०२५–२६ को पद हस्तान्तरण तथा लायन वर्ष २०२६–२७ को पदभार ग्रहण कार्यक्रम आइतबार वीरगञ्जस्थित...

मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा ‘जबज’को सान्दर्भिकतामाथि विमर्श

वीरगञ्ज । नेकपा एमालेका नेता तथा पूर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले वर्तमान राजनीतिक परिवेशमा जनताको बहुदलीय जनवाद (जबज) को सान्दर्भिकता झन् बढ्दै गएको बताएका छन्। मदन...

सशस्त्र प्रहरीको सक्रियता : पर्सामा २३ लाखका तस्करीका सामान नियन्त्रणमा

वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले विभिन्न सीमा क्षेत्रबाट भन्सार छली गरी ल्याइएका तथा लैजाँदै गरिएका करिब २३ लाख...