Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

मधेसको पहिलो क्युएफएक्स सिनेमा विरगंजमा संचालन

spot_img
spot_img

वीरगंज । वीरगंजमा मधेस प्रदेश कै पहिलो सुविधा सम्पन्न मल सञ्चालनमा आएको छ । वीरगंजस्थित आदर्शनगरमा “स्काइलाइन” नामले बहुउद्देश्यीय मल सञ्चालनमा आएको हो ।

बिहीबारदेखि मलमा रहेको क्यूएफएक्स सिनेमा हल भने सञ्चालनमा आएकोछ । तिन वटा छुट्टाछुट्टै अडीटोरियम स्क्रिनहरू हलको पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य प्रदीप यादवले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।

हलकाे उद्घाटन गर्दै सांसद यादवले वीरगंजमा मल्टीप्लेक्स सिनेमा हल सञ्चालनमा आउनु वीरगंजकाे लागि खुसीकाे खबर भएकाे वताए । यसले मल्टीप्लेक्स सिनेमा हलमा फिल्म हेर्न वीरगंज बाहिर जानु पर्ने बाध्यता हुटनुकाे साथै वीरगंजबासीकाे सुबिधा भएकाे वताए ।

वीरगंजकाे नाम चलेका व्यावसायिक घरानाहरूको झन्डै दुई अर्बको लगानीमा निर्मित मलमा मधेस प्रदेश कै पहिलो र एक मात्र मल्टीप्लेक्स सिनेमा हल सञ्चालनमा ल्याइएको हाे । मलले नेपालकै सर्वोत्कृष्ट क्युएफएक्ससँगको सहकार्यमा मल्टीप्लेक्स सिनेमा हल सञ्चालनमा ल्याएको वताइएकाे छ ।

काठमाडौँ, पोखरा लगायत देशका अधिकांश ठूलो सहरमा पहिल्यै स्थापित क्युएफएक्सले वीरगंजकाे स्काइलाइन मल मार्फत मधेस प्रदेशमा प्रवेश लिएको हो ।

त्यस्तै मलमा भारतमा चार सयभन्दा पनि बढी ठाउँमा स्थापित प्रख्यात होटेल चेन सरोभर पोर्टीको पनि सञ्चालनमा आउन् लागेको छ । आफ्नो आतिथ्य र स्वादिष्ट खाने परिकाका लागि चर्चित सरोभ्र पोर्टी होटेलले वीरगंज र आसपासका वासिन्दालाई अन्तर्राष्ट्रिय स्तरको सेवाको मौका दिने मल सञ्चालकहरूको विश्वास छ ।

दश तल्ले मलमा रिटेल स्टोरसहित पार्टी, फन्सन आयोजना गर्नका लागि ब्यान्क्वेट हल, भारतीय तथा वैदेशिक पर्यटकलाई आकर्षित गर्न अन्तर्राष्ट्रिय स्तरको क्यासिनो, स्विमिङ पुल, रूफटप रेस्टुराँलगायतको सुविधा रहेको छ । हालका लागि आंशिक रूपमा सञ्चालित मल केही समय भित्रै पूर्ण रूपमा खुल्ने बताइएको छ ।

सिनेमा हल उद्घाटन कार्यक्रममा मधेश विश्व विद्यालयका उपकुलपति डा. दिपक शाक्य, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रहरी उपरिक्षक काेमल साह लगायतकाे पनि उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...