Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

बारामा हतियारसहित ५ जना पक्राउ

spot_img
spot_img
वीरगंज । बाराकाे सिम्रौनगढ नगरपालिका वडा नं. ११ भगवानपुरबाट हतियारसहित ५ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएकाे प्रहरी टोलीले बिहिबार विहान ८ बजेकाे समयमा हातहतियारसहित ५ जनालाई नियन्त्रणमा लिएकाे हाे ।
 
पक्राउ पर्नेमा सिम्रोनगढ नगरपालिका वडा नं.११ भगवानपुर निवासी ४० बर्षिय उपेन्द्र पटेल, २७ बर्षिय धिरेन्द्र पटेल, ६२ बर्षिय रुपलाल पटेल, रौतहटकाे बौधीमाई नगरपालिका वडा नं.२ निवासी ४४ बर्षिय राजमंगल पटेल र साेही ठाउँ निवासी ८० बर्षिय सोभा राउत रहेका छन् ।
 
पक्राउ परेका उपेन्द्र पटेलले आफ्नो घर कोठामा अबैध रुपमा हतियार लुकाई छिपाई राखेको सूचना प्राप्तप हुन साथ खटिएकाे टाेलीले घर खनतलासी गर्दा कालो रंगको पोलिथिन झोला भित्र सेतो कपडाले बेरी लुकाई छिपाई राखेको हातहतियार २ थान र गोली राउण्ड १० थान बरामद भएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।
 
बरामद हातहतियारमा रिभाल्वर १ थान, साेमा लाग्ने गाेली ७ थान,  नलकटुवा पेस्तोल १ थान, साेमा लाग्ने गोली थान १ थान र केएफ १२ लेखिएकाे गोली, जंगी राउण्ड २ थान रहेकाे प्रहरीले जनाएकाे छ ।
 
पक्राउ परेकहरुमाथि थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएकाे छ ।
spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न रास्वपा नेता चौरसियाको आग्रह

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता योगेन्द्र चौरसियाले मधेशमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई शान्ति, सद्भाव र...

दोषीमाथि कडा कारबाही हुन्छ, अफवाह नफैलाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत विभिन्न स्थानमा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देशका केही जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई लिएर नेपाल...

पर्सावासीलाई प्रशासनको अपिल : निषेधाज्ञाको पूर्ण पालना गर्न र अफवाह नफैलाउन आग्रह

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुरक्षा, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सम्पूर्ण पर्सावासीलाई निषेधाज्ञाको पूर्ण पालना गर्न तथा अफवाह...