Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

बारामा हतियारसहित ५ जना पक्राउ

spot_img
spot_img
वीरगंज । बाराकाे सिम्रौनगढ नगरपालिका वडा नं. ११ भगवानपुरबाट हतियारसहित ५ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएकाे प्रहरी टोलीले बिहिबार विहान ८ बजेकाे समयमा हातहतियारसहित ५ जनालाई नियन्त्रणमा लिएकाे हाे ।
 
पक्राउ पर्नेमा सिम्रोनगढ नगरपालिका वडा नं.११ भगवानपुर निवासी ४० बर्षिय उपेन्द्र पटेल, २७ बर्षिय धिरेन्द्र पटेल, ६२ बर्षिय रुपलाल पटेल, रौतहटकाे बौधीमाई नगरपालिका वडा नं.२ निवासी ४४ बर्षिय राजमंगल पटेल र साेही ठाउँ निवासी ८० बर्षिय सोभा राउत रहेका छन् ।
 
पक्राउ परेका उपेन्द्र पटेलले आफ्नो घर कोठामा अबैध रुपमा हतियार लुकाई छिपाई राखेको सूचना प्राप्तप हुन साथ खटिएकाे टाेलीले घर खनतलासी गर्दा कालो रंगको पोलिथिन झोला भित्र सेतो कपडाले बेरी लुकाई छिपाई राखेको हातहतियार २ थान र गोली राउण्ड १० थान बरामद भएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।
 
बरामद हातहतियारमा रिभाल्वर १ थान, साेमा लाग्ने गाेली ७ थान,  नलकटुवा पेस्तोल १ थान, साेमा लाग्ने गोली थान १ थान र केएफ १२ लेखिएकाे गोली, जंगी राउण्ड २ थान रहेकाे प्रहरीले जनाएकाे छ ।
 
पक्राउ परेकहरुमाथि थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...