Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

छिपहरमाई गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन, एक बर्षमा ३ जनाकाे सरुवा

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन भएकाे छ ।

गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत सिकेन्द्र प्रसाद साहकाे ४ महिना मै सरुवा भएपछि गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन भएकाे हाे ।

संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले कार्तिक १९ गते अधिकृत साहकाे धनुषाकाे बिदेह नगरपालिकामा सरुवा गरेकाे छ । सरुवा भएकाे भाेली पल्टै उनी कार्तिक २० गते सरुवा भएकाे ठाउँमा रवाना भएका थिए ।

उनी रवाना भएकाे चार दिन वितिसक्दा पनि छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत हाजिर हुन आएका छैनन् ।

मन्त्रालयले छिपहरमाई गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत कृष्ण ठकुरीलाई पठाएकाे बुझिएकाे छ । तर हाल सम्म उनी गाउँपालिकामा हाजिर नभएका कारण गाउँपालिकाकाे कामकाज प्रभावित भएकाे छ ।

चाँड बाँडकाे समयमा प्रमुख प्रशासकिय अधिकृतकाे मन्त्रालय सरुवा गरेका कारण समस्या भएकाे गाउँपालिका अन्तर्गतका वडाध्यक्षहरुले वताएका छन् । गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत नहुँदा हिन्दुहरुकाे महान चाँड छठ पुजा सजावट लगायतकाे काम गर्न समस्या भएकाे उनीहरुकाे गुनासाे छ ।

यस अघि पनि छिपहरमाई गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत राकेश ओझाकाे चार महिना मै सरुवा भएकाे थियाे । मन्त्रालयले २०८० फागुन १७ गते छिपहरमाईकाे प्रमुख प्रशासकिय अधिकृतमा राकेश ओझालाई पठाएपनि पुन: असार १५ गते उनकाे सरुवा गरेकाे थियाे ।

त्यसिपछि उनकाे ठाउँमा आएका सिकेन्द्र साहकाे पनि चार महिना मै मन्त्रालयले सरुवा गरेकाे हाे । मन्त्रालयले नै एक ठाउँमा कम्तिमा दुई बर्ष एउटा प्रमुख प्रशासकिय अधिकृत बस्नु पर्ने प्रावधान बनाएपनि विभिन्न दबावमा आफैले बनाएकाे नियम लागु नगर्दा स्थानिय तहकाे विकास निर्माणका कामहरु प्रभावित हुँदै आएकाे छ ।

राकेश ओझा अघि छिपहरमाई गाउँपालिकाकाे निमित प्रमुख प्रशासकिय अधिकृतमा शम्भु साह थिए । उनी पनि विभिन्न कारणले लामाे समय सम्म प्रमुख प्रशासकिय अधिकृतकाे जिम्मेवारी पुरा गर्न सकेनन् ।

छिपहरमाईमा गाउँपालिकामा एक बर्षमा ३ वटा प्रमुख प्रशासकिय अधिकृत सरुवा हुनुले याे खाेजमुलक विषय बनेकाे छ । कुन कारणले त्यहाँ प्रमुख प्रशासकिय अधिकृतहरु टिक्न नसक्नु सराेकारवालाहरुकाे लागि अनुसन्धानकाे विषय बनेकाे हाे । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...