Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

ट्राफिक प्रहरी पर्सा‍द्वारा ३ महिनामा २५ लाख राजश्व संकलन

spot_img
spot_img

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले आर्थिक वर्ष २०८०/०८१ को ३ महिना मै रु. २५ लाख ३० हजार ५० राजश्व संकलन गर्न सफल भएको छ ।

पर्सा ट्राफिक प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाका अनुसार श्रावण महिनामा २ सय ७१ वटा ट्रक, ७१ वटा कार/जिप/भ्यान, ३ वटा ट्रेक्टर, ३ सय ३३ मोटरसाइकल र ३६ वटा टेम्पोलाई कारवाही गरि जम्मा रू. ६ लाख २६ हजार ५ सय राजश्व संकलन गरेको थियो ।

यसैगरी भदौ महिनामा ५ सय ४३ ट्रक, २ वटा बस, १ सय ११ वटा कार/जीप/भ्यान, १० वटा ट्रेक्टर, ६ सय १३ वटा मोटरसाइकल र ३७ वटा टेम्पोलाई कारवाही गरि जम्मा रू. १२ लाख २१ हजार ५ सय राजश्व संकलन गर्न सफल भएको थियो ।

साथै असोज महिनामा अर्थात् प्रहरी निरीक्षक खतिवडाको आगमन संगै राजश्व संगै विभिन्न सवारी साधनहरुको कारवाहीमा बृद्धि पनि हुन थालेको छ ।

असाेजमा ७ सय ९६ ट्रक, २१ वटा बस, २ सय ५ कार/जीप/भ्यान, २८ वटा ट्याक्टर, ८ सय ८४ वटा मोटरसाइकल, ५५ बटा टेम्पोलाई कारवाही गरि जम्मा रू. १९ लाख ३ हजार ५ सय ५० राजश्व संकलन भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...

१९ क्विन्टल कुखुरा र रकम लुटिएको आरोपको व्यवसायी सङ्घद्वारा खण्डन

वीरगञ्ज । पर्सामा १९ क्विन्टल बोइलर कुखुरा र ५ लाख रुपैयाँ लुटिएको भन्ने आरोप निराधार रहेको भन्दै पर्सा ग्रामीण कुखुरा व्यवसाय सङ्घले खण्डन गरेको...

शैक्षिक गुणस्तर र अनुशासनमा जोड, विद्यालय व्यवस्थापन समितिको छड्के अनुगमन

वीरगञ्ज । पकहाँमैनपुर गाउँपालिकास्थित श्री राम चरित्र भगत माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिले छड्के अनुगमन गर्दै शैक्षिक गुणस्तर र विद्यार्थी अनुशासनमा विशेष जोड दिएको...