Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

सिर्सिया नदी प्रदुषण मुक्त बनाउन महानगरको अनुगमन तिब्र

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाको निरन्तरको अनुगमन र कारबाहीपछि सिर्सिया नदी प्रदुषण गर्न मुख्य जिम्मेवार रहेका उद्योगहरुले ट्रिटमेन्ट प्लान्ट बनाउन सुरु गरेका छन् ।

महानगरका मेयर राजेशमान सिंहले कार्यभार सम्हाले लगत्तै गएको वर्षबाटै अनुगमन र कारबाहीलाई तिब्रता दिएपछि प्रदुषण नियन्त्रणका लागि उद्योगीहरुले उद्योगबाट निस्कने रसायनयुक्त लेदो तथा फोहोर ट्रिटमेन्ट गर्न प्लान्ट बनाउन सुरु गरेका हुन् ।

नदी प्रदुषण मुक्त बनाउन नदीको आसपास रहेका उद्योगहरु नै मुख्य जिम्मेवार देखिएकाले तत्काल फोहोर पानी सोझै नदीमा मिसाउन बन्द नगरे कारबाही सँगै उद्योगमा नै शीलबन्दी गर्ने मेयर सिंहले चेतावनीपछि उद्योगीहरु ट्रिटमेन्ट प्लान्ट बनाउन तयार भएका हुन् ।

यस अघि नदी प्रदुषणमा मुख्य जिम्मेवार देखिएका ५ वटा उद्योगलाई पटक पटक चेतावनी दिँदा पनि प्रदुषण गर्न नछाडेपछि ३/३ लाख रुपैयाँ जरिबाना गरिएको थियो ।

उद्योगबाट निस्कने केमिकल सहितको लेदो तथा फोहोर पानी सोझै नदीमा मिसाउँदा नदी दुर्गन्धित र प्रदुषित बन्न पुगेको हो । महानगरको निरन्तरको अनुगमनपछि मरियम लेदर उद्योग र अरनिको टेक्सटायल्सले अत्याधुनिक ट्रिटमेन्ट प्लान्ट बनाउने काम अघि बढाइसकेको छ ।

ग्लोबल लेदर, मारुती पल्स एण्ड पेपर, दुर्गा पल्स एण्ड पेपर र सिद्धी टेक्सटायल्सले भने अझै अटेर गरेको भेटिएको महानगरद्वारा गठित सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिले जनाएको छ ।

समितिले आइतबार र सोमबार नदी आसपासमा रहेका उद्योगहरुको अनुगमन गरेको थियो । यस अघि महानगरपालिकाका मेयर राजेशमान सिंह आफैले नदीको अनुगमन गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...