Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

कानुनी हाजिरीजवाफ प्रतियोगितामा डेसीमल स्कूल र ममता विद्या मन्दिर विजयी

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाद्वारा आयोजित कानुनी हाजिरीजवाफ प्रतियोगितामा डेसीमल स्कूल र ममता विद्या मन्दिर विजयी भएको छ ।

वीरगंजस्थित त्रिजुद्ध स्कूलमा शनिवार आयोजित प्रतियोगितामा दुई समूहमा भएको खेलमा डेसीमल स्कूल र ममता विद्या मन्दिर विजयी भएको हो ।

कानुन सम्बन्धी पठनपाठन हुने चार वटा विद्यालय सहभागी रहेको प्रतियोगितामा पहिलो समूहमा भएको खेलमा प्रथम र दुतिय हुने डेसीमल स्कूललाई वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले प्रथम हुनेलाई चार हजार रुपैयाँ नगद, प्रमाण पत्र र ट्रफीबाट सम्मानित गरेका ।

त्यस्तै द्वितिय स्थानमा डेसिमल स्कूल वीरगंज कै समुह २ र ममता विद्यामन्दिर दुवै भएको थियो । द्वितिय हुनेलाई दुई हजार रुपैयाँ नगद, प्रमाण पत्र र ट्रफी प्रदान गरिएको थियो ।

त्यस्तै दोस्रो समूहको खेलमा भने ममता विद्या मन्दिर प्रथम भएको थियो । दोस्रो समूहमा द्वितिय भने फेरी डेसीमल कलेज नै भएको थियो । दोस्रो समूहको विजेतालाई पनि चार हजार रुपैयाँ नगद, प्रमाण पत्र र ट्रफीबाट उपमेयर आलमले सम्मानित गरेका थिए भने द्वितिय हुनेलाई दुई हजार रुपैयाँ नगद, प्रमाण पत्र र ट्रफीबाट सम्मानित गरिएकाे थियाे ।

प्रतियोगितामा डेसीमल स्कूल र ममता विद्या मन्दिरसँगै वीरगंज स्कूल अफ ल र त्रिजुद्ध माध्यमिक विद्यालयले सहभागिता जनाएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मुलुकको संकट समाधानका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार अपरिहार्य : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकमा देखिएको वर्तमान राजनीतिक संकट समाधानका लागि अन्तरिम सरकारसँगै अन्तरिम संविधान आवश्यक रहेको...

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल...

टेस्ला गाडीमा पुरानै मूल्य कायम गरी थप राजस्व मागेको भन्दै आयातकर्ताको आपत्ति

वीरगंज । विश्व बजारमा टेस्लाका विद्युतीय सवारीसाधनको मूल्य घटेको अवस्थामा नेपालमा आयात भएको गाडीको वास्तविक खरिद मूल्यभन्दा पुरानो आयात मूल्यलाई आधार बनाएर थप राजस्व...