Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

क्रिकेट खेल्दा मेयर सिंहको हात भाँच्यो, उपचारको लागि काठमाडौँ लगियो

spot_img
spot_img

वीरगंज । वीरगंजमा शनिवार भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता खेल्न क्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको हात भाँचिएको छ ।

नेपाल प्रहरी र सामुदायिक सेवा केन्द्रहरू मिलेर बनेको टिमका भएको एक दिने मैत्रीपूर्ण प्रतियोगितामा सामुदायिक सेवा केन्द्रको तर्फबाट ब्याटिङ गर्ने क्रममा लडेर मेयर सिंहको हात भाँचिएको हो ।

सिंहको सचिवालयका अनुसार उनको दाहिने हात भाँचिएको हो । हात भाँचिएपछि उनको यहाँस्थित नारायणी अस्पतालमा उपचार भएको थियो ।

यद्यपि, मधुमेह र उच्च रक्तचाँपबाट समेत ग्रसित रहेका सिंहको उपचार वीरगंजमा सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लागिएको छ । काठमाडौँमा उनको शल्यक्रिया हुने सचिवालयले जनाएको छ ।

हात भाँचिए पनि मेयर सिंहले वीरगंजमा आयोजित रक्तदान र प्रथम वीरगंज गोल्डकपको उद्घाटन समारोहमा समेत सहभागिता जनाएका थिए ।

यता समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भएको प्रतियोगितामा नेपाल प्रहरीलाई हराउँदै सामुदायिक प्रहरी तथा सामुदायिक सेवा केन्द्र विजयी भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...