Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

रुपेशकाे हत्याराहरूलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन

spot_img
spot_img

वीरगंज । बारा जिल्लाकाे सदरमुकाम कलैयास्थित बाल एकता स्कूलका प्रधानाध्यापक रुपेश स्वर्णकार (सर्राफ) को हत्याराहरूलाई पक्राउ गर्न माग गर्दै कलैयास्थित जिल्ला प्रशासन कार्यालय बारा अगाडि स्थानीयहरूले प्रदर्शन गरेका छन् ।

रुपेशको हत्यामा संलग्न रहेको आरोपमा बारा प्रहरीले नियन्त्रणमा लिएको जमील अख्तर र रियाज अन्सारीलाई पनि रिहा गर्न स्थानीयहरूले माग गरेका छन् । उनीहरूका अनुसार प्रहरीले जमील र रियाजलाई झुटो आरोपमा नियन्त्रणमा लिएर फसाएको छ ।

रुपेश हत्या भएको झन्डै एक हप्ता बितिसक्दा समेत बारा प्रहरीले उनीमाथि गोली प्रहार गर्नेहरूलाई अझै पनि पक्राउ गर्न सकेको छैन । प्रहरीले उनको हत्याको योजना बनाएको आरोपमा रुपेशको स्कूल कै एक जना पूर्व कर्मचारी राधा गुप्तासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

यद्यपि, प्रहरीको अनुसन्धानबाट रुपेशका परिवारका सदस्यहरू सन्तुष्ट छैनन् । पक्राउ परेका मध्ये जमील र रियाज निर्दोष रहेको परिवारका सदस्यहरू कै भनाई छ ।

सोमबार दिउँसो दुई वटा मोटरसाइकलमा सवार चार जनाले रुपेशमाथि गोली प्रहार गरेका थिए । गोली प्रहारबाट सख्त घाइते भएका उनको सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...