Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026

रुपेशकाे हत्याराहरूलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन

spot_img
spot_img

वीरगंज । बारा जिल्लाकाे सदरमुकाम कलैयास्थित बाल एकता स्कूलका प्रधानाध्यापक रुपेश स्वर्णकार (सर्राफ) को हत्याराहरूलाई पक्राउ गर्न माग गर्दै कलैयास्थित जिल्ला प्रशासन कार्यालय बारा अगाडि स्थानीयहरूले प्रदर्शन गरेका छन् ।

रुपेशको हत्यामा संलग्न रहेको आरोपमा बारा प्रहरीले नियन्त्रणमा लिएको जमील अख्तर र रियाज अन्सारीलाई पनि रिहा गर्न स्थानीयहरूले माग गरेका छन् । उनीहरूका अनुसार प्रहरीले जमील र रियाजलाई झुटो आरोपमा नियन्त्रणमा लिएर फसाएको छ ।

रुपेश हत्या भएको झन्डै एक हप्ता बितिसक्दा समेत बारा प्रहरीले उनीमाथि गोली प्रहार गर्नेहरूलाई अझै पनि पक्राउ गर्न सकेको छैन । प्रहरीले उनको हत्याको योजना बनाएको आरोपमा रुपेशको स्कूल कै एक जना पूर्व कर्मचारी राधा गुप्तासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

यद्यपि, प्रहरीको अनुसन्धानबाट रुपेशका परिवारका सदस्यहरू सन्तुष्ट छैनन् । पक्राउ परेका मध्ये जमील र रियाज निर्दोष रहेको परिवारका सदस्यहरू कै भनाई छ ।

सोमबार दिउँसो दुई वटा मोटरसाइकलमा सवार चार जनाले रुपेशमाथि गोली प्रहार गरेका थिए । गोली प्रहारबाट सख्त घाइते भएका उनको सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनप्रतिनिधि संवादमा नआएपछि जिराभवानी गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताल्चा

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीको कार्यकक्षमा स्थानीय युवा तथा सर्वसाधारणले ताल्चा लगाएका छन् । गाउँपालिकाभित्रका विभिन्न जनसरोकारका विषयमा खुला संवादका लागि...

बहुमतको दम्भले सरकार अराजक बन्दैछ, सचेत नभए देश दुर्घटनामा जान्छ : रमेश रिजाल

वीरगंज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश रिजालले वर्तमान सरकार बहुमतको दम्भमा अहंकारी र अराजक बन्दै गएको आरोप लगाएका छन् । उनले...

नारायणी अस्पताल पक्ररण : सरकार–चिकित्सक संघबीच पाँचबुँदे सहमति, आन्दोलन स्थगित

वीरगंज । नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवाद र त्यसपछि चिकित्सकमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटनापछि जारी आन्दोलन अन्त्य गर्न...