Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

केदारनाथ दर्शन गर्न जाने वीरगंजका युवाहरु बढ्दै

spot_img
spot_img
वीरगंज । भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक स्थल केदारनाथ दर्शन गर्न जाने नेपालीको सङ्ख्या बढ्दै गएको छ ।
 
यस क्रममा वीरगंजका युवाहरूको एक समूह पनि केदारनाथ दर्शनको लागि पुगेको छ । केदारनाथ दर्शनकाे लागि पुगेकाे समुहले त्यहाँ नेपालको राष्ट्रिय झन्डा समेत फहराएको छ ।
 
यस अघि दशैंकाे समयमा पनि वीरगंजका युवाहरुकाे समुह केदारनाथ दर्शनकाे लागि पुगेकाे थियाे ।
 
केदारनाथ भ्रमण टोलीमा वीरगंजका विष्णु पटेल, साजन पटेल, प्रकाश ठाकुर, अमित पटेल, कृष्ण पटेल र शत्रुघन पटेल रहेका छन् ।
 
उत्तराखण्डको हिमालय पर्वतको काखमा रहेको केदारनाथ मन्दिर बाह्र ज्योतिर्लिङ्गमा समावेश छ । चार धाम मध्येकाे एक केदारनाथ पनि हाे ।
 
यहाँको प्रतिकूल हावापानीका कारण केदारनाथ मन्दिर अप्रिलदेखि नोभेम्बरसम्म मात्रै दर्शनका लागि खुला हुन्छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...