Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

डेट एक्सपायर ‘बडवाइजर’ बियर वीरगंजमा बिक्री हुँदै

spot_img
spot_img

वीरगंज । वीरगंजकाे बजारमा म्याद गुज्रिएको (खान अयोग्य) बडवाइजर बियर बिक्री वितरण भइरहेको भेटिएको छ । वीरगंजकाे लिंकरोडमा अवस्थित साजन स्टोर्सबाट एक ग्राहकले खरिद गरेको दुई बोत्तल बडवाइजर बियर खान अयोग्य अर्थात सेवन गर्ने समयअवधी गुज्रिएको अवस्थामा भेटिएपछि बजारमा डेट एक्सपायर बडवाइजर बियर बिक्री विततरण भइरहेको खुलासा भएको हो ।

वीरगंजका दुर्गा साहले साजन स्टोर्सबाट खरिद गरि सेवनका लागि ल्याएको दवै बोत्तलमा उत्पादक कम्पनिले टाँसेको स्टिकरमा उक्त बियरको उत्पादन मिति सन् २०२३ मार्च ५ तारिख (२०७९ फागुन २१ ) उल्लेख छ । यस्तै सेवन गरिसक्नु पर्ने अधिकतम मिति भने सन् २०२३ सेप्टेम्बर १ तारिख अर्थात (२०८० भदौं १५ गते ) लेखिएको छ ।

यसअनुसार उक्त बियर डेट एक्सपायर भएको २ महिना बितिसक्दापनि बजारमा निर्वाध रुपमा बिक्री वितरण भइरहेको छ । म्याद गुज्रिएर खान अयोग्य भइसकेको बियर बजारका मदीरा पसलहरुमा निर्वाध बिक्री वितरण गरेर बडवाइजर बियर उत्पादक कम्पनि र उसका अधिकृत बिक्रेता (डिलर) ले उपभोक्ताको स्वास्थ्यसँग गम्भिर खेलवाड गरिरहेका छन् ।

बियर किनेका साहले भने, ‘थोकमा सस्तो पाइन्छ भनेर साजन स्टोर्सबाट ८ सय तिरेर दुई बोत्तल बियर लिएर आए । तर खाने बेलामा बोत्तलको लेबलमा आँखा पर्याे । हेर्दा त एक्सपायर डेट नै दुई महिना पो बितिसकेको रहेछ ।’

मंगलबार डेट एक्सपायर बडवाइजर बियर खरिद गरिएको पसल साजन स्टोर्सका सञ्चालक साजन सोनीले भने भूलवश आफूले ग्राहकलाई डेट एक्सपायर बियर ग्राहकलाई बेच्न पुगेको बताए । उनले बडवाइजर बियरको वीरगंजस्थित अधिकृत बिक्रेताबाटपनि लापरवाही भएको बताए ।

बडवाइजर बियरको वीरगञ्जमा अधिकृत बिक्रेता (डिलर) वीरगञ्ज ४ विर्तास्थित शीखर ट्रेडर्स हो । सोनीले भने, ‘मैले दुई तीन महिना अघि शीखर ट्रेडर्सबाट बडवाइजर बियर थोकमा उठाएको थियो । त्योबला उत्पादन र सेवन अवधिको डेट (मिति) हेर्न भुलेछु ।’

अमेरिकी कम्पनिको बडवाइजर बियर नेपलमा जावलाखेल ग्रुप अफ इन्डस्ट्रीले उत्पादन गरि राज ब्रुअरी प्रालि नवलपरासीबाट रिबोटलीङ गरेर नेपाली बजारमा बिक्री गर्दै आएको छ । बडवाइजर विश्व बजारमा सबैभन्दा बढी बिक्री हुने बियर हो भने अमेरिकामा पनि सबैभन्दा बढी बिक्री हुने बियरमा सबैभन्दा अगाडि छ ।

वीरगंजकाे बजारमा म्याद गुज्रिएको (खान अयोग्य) बडवाइजर बियर बिक्री वितरण भइरहेको भेटिएको छ ।

गत मंगलबार वीरगन्जको लिंकरोडमा अवस्थित साजन स्टोर्सबाट एक ग्राहकले खरिद गरेको दुई बोत्तल बडवाइजर बियर खान अयोग्य अर्थात सेवन गर्ने समयअवधी गुज्रिएको अवस्थामा भेटिएपछि बजारमा डेट एक्सपायर बडवाइजर बियर बिक्री विततरण भइरहेको खुलासा भएको हो ।

वीरगंजका दुर्गा साहले साजन स्टोर्सबाट खरिद गरि सेवनका लागि ल्याएको दवै बोत्तलमा उत्पादक कम्पनिले टाँसेको स्टिकरमा उक्त बियरको उत्पादन मिति सन् २०२३ मार्च ५ तारिख (२०७९ फागुन २१ ) उल्लेख छ । यस्तै सेवन गरिसक्नु पर्ने अधिकतम मिति भने सन् २०२३ सेप्टेम्बर १ तारिख अर्थात (२०८० भदौं १५ गते ) लेखिएको छ ।

यसअनुसार उक्त बियर डेट एक्सपायर भएको २ महिना बितिसक्दापनि बजारमा निर्वाध रुपमा बिक्रवितरण भइरहेको छ । म्याद गुज्रिएर खान अयोग्य भइसकेको बियर बजारका मदीरा पसलहरुमा निर्वाध बिक्रीवितरण गरेर बडवाइजर बियर उत्पादक कम्पनि र उसका अधिकृत बिक्रेता (डिलर) ले उपभोक्ताको स्वास्थ्यसंग गम्भिर खेलवाड गरिरहेका छन् ।

बियर किनेका साहले भने,‘ थोकमा सस्तो पाइन्छ भनेर साजन स्टोर्सबाट ८ सय तिरेर दुई बोत्तल बियर लिएर आए । तर खाने बेलामा बोत्तलको लेबलमा आँखा परर्यो । हेर्दा त एक्सपायर डेट नै दुई महिना पो बितिसकेको रहेछ ।

मंगलबार डेट एक्सपायर बडवाइजर बियर खरिद गरिएको पसल साजन स्टोर्सका सञ्चालक साजन सोनीले भने भूलवश आँफुले ग्राहकलाई डेट एक्सपायर बियर ग्राहकलाई बेच्न पुगेको बताए । उनले बडवाइजर बियरको वीरगन्जस्थित अधिकृत बिक्रेताबाटपनि लापरवाही भएको बताए ।बडवाइज बियरको वीरगन्जमा अधिकृत बिक्रेता (डिलर) वीरगन्ज ४ विर्तास्थित शीखर ट्रेडर्स हो ।

सोनीले भने,‘ मैले दुई तीन महिना अघि शीखर ट्रेडर्सबाट बडवाइजर बियर थोकमा उठाएको थियो । त्योबला उत्पादन र सेवन अवधिको डेट (मिति) हेर्न भुलेछु ।’

वीरगंजमा बडवाइजर बियरको आपुर्ति गर्ने एक मात्र अधिकृत बिक्रेता शीखर ट्रेडर्सका सञ्चालक रन्जित श्रेष्ठलाई यस विषयमा प्रतिक्रिया लिन खोज्दा उनिसंग सम्पर्क नै हुन सकेन । उनको मोबाइल नम्बरमा पटक पटक सम्पर्क गर्दापनि उनले फोन नै उठाएनन् ।

अमेरिकी कम्पनिको बडवाइजर बियर नेपलमा जावलाखेल ग्रुप अफ इन्डस्ट्रीले उत्पादन गरि राज ब्रुअरी प्रालि नवलपरासीबाट रिबोटलीङ गरेर नेपाली बजारमा बिक्री गर्दै आएको छ ।बडवाइजर विश्व बजारमा सबैभन्दा बढी बिक्री हुने बियर हो भने अमेरिकामा पनि सबैभन्दा बढी बिक्री हुने बियरमा सबैभन्दा अगाडि छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न रास्वपा नेता चौरसियाको आग्रह

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता योगेन्द्र चौरसियाले मधेशमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई शान्ति, सद्भाव र...

दोषीमाथि कडा कारबाही हुन्छ, अफवाह नफैलाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत विभिन्न स्थानमा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देशका केही जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई लिएर नेपाल...

पर्सावासीलाई प्रशासनको अपिल : निषेधाज्ञाको पूर्ण पालना गर्न र अफवाह नफैलाउन आग्रह

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुरक्षा, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सम्पूर्ण पर्सावासीलाई निषेधाज्ञाको पूर्ण पालना गर्न तथा अफवाह...