Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

छठ सम्म श्रीसिया नदी प्रदूषण नगर्ने उद्याेगीहरुकाे प्रतिबद्धता

spot_img
spot_img

वीरगंज । वीरगंजकाे सिर्सिया नदीलाई प्रदूषित गर्दै आएका उद्योगीहरूले छठ पर्वसम्म मात्रै नदीलाई प्रदूषण नगर्ने प्रतिबद्धता जनाएका छन् ।

वीरगंज उद्योग वाणिज्य सङ्घको अग्रसरतामा बिहीबार बसेको सरोकारवाला उद्योगीहरूको बैठकमा उद्योगका सञ्चालकहरूले आगामी दीपावलीदेखि छठ पर्वसम्म सिर्सिया नदीमा प्रदूषण र फोहोर पानी बिर्सजन नगर्ने प्रतिबद्धता जनाएका हुन् ।

श्रीसिया नदीमा फाेहर पानी फाल्ने उद्याेगीहरुलाई बाेलाएर हिन्दुहरुकाे महान पर्व छठ सम्म नदीमा फाेहर पानी नफाल्न आग्रह गरिएको वीरगंज उद्याेग वाणिज्य सङ्घका अध्यक्ष अनिल कुमार अग्रवालले वताए । त्यस अनुसार नै उद्याेगीहरुले प्रतिवद्ध समेत जनाएकाे उनले वताए ।

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहकाे दबावमा यस्ताे आग्रह गरिएकाे पनि उनले वताए । त्यसपछि पनि श्रीसिया नदीमा फाेहर फाल्ने उद्याेगहरु आफै जिम्मेवार हुने पनि बैठकमा भनिएकाे अध्यक्ष अग्रवालले जानकारी दिए ।

छठ सम्म मात्र किन ? प्रश्नकाे जवाफमा अध्यक्ष अग्रवालले भने “छठ लगत्तै फेरि वृहत् बैठक बसेर नदीलाई दीर्घकालसम्म कसरी सफा र स्वच्छ राख्न सकिन्छ भन्ने विषयमा ठोस कार्य योजना बनाउँछौ । अहिले हिन्दुहरुको महान पर्व छठ नजिक रहेकाेले तत्कालकाे लागि श्रीसिया नदी सफा राख्न यस्ताे अग्राह गरिएकाे हाे ।’

अग्रवालकै अध्यक्षतामा बसेको बैठकमा मरियम लेदर इण्डष्ट्रिज, नारायणी लेदर इण्डष्ट्रिज, शिवशक्ति घ्यू उद्योग, अन्नपूर्णा भेजिटेबल प्रोडक्ट्स, नेपाल लेदर इण्डष्ट्रिज, ग्लोबल लेदर इण्डष्ट्रिज, मारुती पेयर मिल्स, दुर्गा पल्पस इण्डष्ट्रिज लगायत अन्य उद्योगका सञ्चालकहरूको सहभागिता रहेको थियो ।

वीरगंजकाे लाइफ लाइनका रूपमा रहेको सिर्सिया नदी विगत तीन दशकदेखि प्रदूषणको सिकार बन्दै आएको छ । पर्सा–बारा औद्योगिक कोरिडोरमा रहेका मध्ये करिब ४५ उद्योगहरूले उद्योगबाट निस्कने फोहोर जन्य पदार्थ र रसायनयुक्त फोहोर पानी सिधै नदीमा विसर्जन गर्दै आएका कारण नदी प्रदूषित बनेको हो ।

नदीलाई प्रदूषण मुक्त बनाउने अभियान थालेको वीरगंज महानगरपालिकाले पाँच वटा उद्योगहरूलाई जनही तीन-तीन लाख रुपैयाँका दरले जरिवाना गर्दासमेत उद्योगहरूले नदीमा फोहोर र प्रदूषित पानी सिधै विसर्जन गर्दै आइ नै रहेका छन् ।

अघिल्लो महिना मात्रै वीरगंज महानगरपालिकाले आर्थिक जरिवाना गर्दासमेत उद्योगहरूले अटेर गर्दै आएकाले अब नदी प्रदूषित गर्ने उद्योग शील गर्ने चेतावनी समेत दिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...