Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

पकहाँ मैनपुरकाे प्रमुख प्रशासकिय अधिकृतमा उदयशंकर चाैधरी

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहाँ मैनपुर गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा उदयशंकर चाैधरी हाजिर भएका छन् ।

गाउँ कार्यपालिकाकाे कार्यालय पकहाँ मैनपुरमा शुक्रबार हाजिर हुन पुगेका अधिकृत चाैधरीलाई गाउँपालिकाका अध्यक्षसहितका जनप्रतिनिधि तथा कर्मचारीहरुले स्वागत गरेका हुन् ।

एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहतासहित उपाध्यक्ष सरफुन नेसा, सबै वडाध्यक्षहरु र गाउँपालिका कर्मचारीहरुले अधिकृत चाैधरीलाई फुल माला र गमछा ओढाएर स्वागत गरेका थिए । 

साे अवसरमा बाेल्दै अधिकृत चाैधरीले आफु जनप्रतिधि र कर्मचारीकाे समन्वयमा अगाडी बढने वताए । उनले भने “तपाईहरुले आज जसरी स्वागत गर्नु भएकाे छ, त्यसरी नै तपाईहरुकाे सहयाेग र समन्वयकाे जरुरी छ ।”

मधेश प्रदेशकाे मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयबाट अधिकृत चाैधरीलाई कार्तिक १५ गते संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पकहाँ मैनपुर गाउँपालिकामा सरुवा गरेकाे थियाे । 

यस अघि अधिकृत चाैधरी बाराकाे करैयामाई गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा कार्यरत थिए । 

पकहाँ मैनपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहाकाे जिल्ला समन्वय समिति पर्सामा सरुवा भएपछि केही समयदेखि गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...