Date
बिहि, साउन १४, २०८३
Thu, July 30, 2026

प्रहरीले युवतीसंग नाम जोडेर मृतक रुपेश र आफुहरुको चरित्र हत्या गर्यो : परिवारजन

spot_img
spot_img

वीरगंज । कलैया ६ का रुपेश स्वर्णकार हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेर कारवाही गर्नुको साटो उनको चरित्र हत्या गरेको परिवारका सदस्यहरुले आरोप लगाएका छन् ।

बारा प्रहरीले पत्रकार सम्मेलन गरेर स्वणर्कारको हत्यामा संलग्नलाई सार्वजनिक गरेको एक घण्टामै परिवारजनले पनि पत्रकार सम्मेलन गरेर आपति जनाएका हुन् ।

मृतक स्वणर्कारका दाई सुमोध सरार्फले प्रहरीले स्वणर्कारको हत्यामा हुँदै नभएको विद्यालयका दुई जना कर्मचारीलाई सार्वजनिक गरेर हत्यारालाई उन्मुती दिन लागेको आरोप लगाए ।

‘प्रहरीको अनुसन्धानमा बिश्वास छैन, स्वणर्कारले न्याय पाउनको साटा चरित्र हत्या भएको अवस्था छ,‘ उनले भने,‘ प्रहरीले स्वणर्कारको विगत देखि नै कुनैपनि केटी संगको चक्कर वा संलग्तामा नरहेको भएपनि प्रहरीले घटनाको यथार्य लुकाउन खोजेको उनले बताए ।‘

करिब ७ महिना अगाडी बाल एकता बोडिङ्ख स्कुलमा दुई महिना मात्र काम गरेकी राधा संग स्वणर्कारको नाम जोडेर परिवारको पनि चरित्र हत्या भएको उनको जिकिर छ ।

राधालाई विद्यालयबाट हटाएदेखि स्वणर्कारको कुनै सम्बन्ध पनि नरहेको भएपनि प्रहरीले उनकै योजनामा घटना घटेको जोडेर चरित्र हत्या भएको दावि गरे ।

घटनामा संलग्न नभएका विद्यालयका कर्मचारीद्धय जामिल र रियाजलाई घटनामा सहयोगी बनाएर हत्यारालाई लुकाएको बताए ।
मृतक स्वणर्कारको मुख्य हत्यारा पक्राउ नपरे परिवारका सदस्यले प्रहरीको विरुद्धमा कडा आन्दोलन थाल्ने चेतावनी पनि दिए ।

बाल एकता इंगलिश बाेर्डिङ स्कुलका संचालक एवम् प्रिन्सपल स्वर्णकारकाे गत साेमबार कलैयामा अज्ञात समुहले गाेली प्रहार गरि हत्या गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनप्रतिनिधि संवादमा नआएपछि जिराभवानी गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताल्चा

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीको कार्यकक्षमा स्थानीय युवा तथा सर्वसाधारणले ताल्चा लगाएका छन् । गाउँपालिकाभित्रका विभिन्न जनसरोकारका विषयमा खुला संवादका लागि...

बहुमतको दम्भले सरकार अराजक बन्दैछ, सचेत नभए देश दुर्घटनामा जान्छ : रमेश रिजाल

वीरगंज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश रिजालले वर्तमान सरकार बहुमतको दम्भमा अहंकारी र अराजक बन्दै गएको आरोप लगाएका छन् । उनले...

नारायणी अस्पताल पक्ररण : सरकार–चिकित्सक संघबीच पाँचबुँदे सहमति, आन्दोलन स्थगित

वीरगंज । नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवाद र त्यसपछि चिकित्सकमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटनापछि जारी आन्दोलन अन्त्य गर्न...