Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

प्रहरीले युवतीसंग नाम जोडेर मृतक रुपेश र आफुहरुको चरित्र हत्या गर्यो : परिवारजन

spot_img
spot_img

वीरगंज । कलैया ६ का रुपेश स्वर्णकार हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेर कारवाही गर्नुको साटो उनको चरित्र हत्या गरेको परिवारका सदस्यहरुले आरोप लगाएका छन् ।

बारा प्रहरीले पत्रकार सम्मेलन गरेर स्वणर्कारको हत्यामा संलग्नलाई सार्वजनिक गरेको एक घण्टामै परिवारजनले पनि पत्रकार सम्मेलन गरेर आपति जनाएका हुन् ।

मृतक स्वणर्कारका दाई सुमोध सरार्फले प्रहरीले स्वणर्कारको हत्यामा हुँदै नभएको विद्यालयका दुई जना कर्मचारीलाई सार्वजनिक गरेर हत्यारालाई उन्मुती दिन लागेको आरोप लगाए ।

‘प्रहरीको अनुसन्धानमा बिश्वास छैन, स्वणर्कारले न्याय पाउनको साटा चरित्र हत्या भएको अवस्था छ,‘ उनले भने,‘ प्रहरीले स्वणर्कारको विगत देखि नै कुनैपनि केटी संगको चक्कर वा संलग्तामा नरहेको भएपनि प्रहरीले घटनाको यथार्य लुकाउन खोजेको उनले बताए ।‘

करिब ७ महिना अगाडी बाल एकता बोडिङ्ख स्कुलमा दुई महिना मात्र काम गरेकी राधा संग स्वणर्कारको नाम जोडेर परिवारको पनि चरित्र हत्या भएको उनको जिकिर छ ।

राधालाई विद्यालयबाट हटाएदेखि स्वणर्कारको कुनै सम्बन्ध पनि नरहेको भएपनि प्रहरीले उनकै योजनामा घटना घटेको जोडेर चरित्र हत्या भएको दावि गरे ।

घटनामा संलग्न नभएका विद्यालयका कर्मचारीद्धय जामिल र रियाजलाई घटनामा सहयोगी बनाएर हत्यारालाई लुकाएको बताए ।
मृतक स्वणर्कारको मुख्य हत्यारा पक्राउ नपरे परिवारका सदस्यले प्रहरीको विरुद्धमा कडा आन्दोलन थाल्ने चेतावनी पनि दिए ।

बाल एकता इंगलिश बाेर्डिङ स्कुलका संचालक एवम् प्रिन्सपल स्वर्णकारकाे गत साेमबार कलैयामा अज्ञात समुहले गाेली प्रहार गरि हत्या गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...