Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

वीरगंजकाे पानीटङकीस्थित एक घरमा चाेरी

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ८ पानीटङकीस्थित एक घरमा चाेरी भएकाे छ ।

खानेपानी नजिक रहेकाे कृष्ण प्रसाद कलवारकाे घरमा करिब रु १० लाख बराबरकाे चाेरी भएकाे पिडितले वताएका छन् । घरमा काेइ नभएकाे माेकाछाेपी चाेरहरुले घरमा भएका जिन्सी सामान तथा नगद चाेरेर लगेकाे हुन् ।

साेही घरमा डेरा लिएर बस्दै आएका बिन्दवासिनी गाउँपालिका वडा नं. ५ प्रसाैनी भाठाका इन्जिनियर रबिभुषण पटेलकाे काेठामा पनि चाेरी भएकाे छ । उनकाे काेठाबाट चाेरहरुले दुईटा ल्यापटप र एक लाख नगद चाेरेर लगेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार एक तल्ले भवन अगाडीकाे पर्खालबाट हाम फालेर मेनगेटकाे ताला फाेडेर घर भित्र चाेरहरु प्रबेश गरेकाे देखिन्छ । घर भित्र रहेकाे पांच वटै काेठाकाे ताला फाेडेर चाेरहरु चाेरी गरेका छन् ।

घर धनी बस्दै आएका काेठाहरुमा पनि चाेरी भएपनि उनकी श्रीमती अस्पतालमा भर्ना रहेकी कारण चाेरी भएकाे सामानकाे विवरण थाहा हुन सकेकाे छैन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...