Date
बिहि, साउन १४, २०८३
Thu, July 30, 2026

राधालाई बिरयानी पुर्याई पुनः खाजा लिएर फर्कने क्रममा रुपेशमाथि गाेली प्रहार

spot_img
spot_img

वीरगंज । बाराको कलैया उपमहानगरपालिका -६ मदर्शा टोलस्थित बाल एकता इंग्लिस बोर्डिङ स्कुलका सञ्चाल एवम् प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय बाराले बुधबार पत्रकार सम्मेलन गर्दै स्वर्णकार हत्यामा संलग्न एक महिलासहित पाँच जनालाई सार्वजनिक गरेको हो । 

प्रहरीले यस घटनामा मुख्य योजनाकार कलैया उपमहानगरपालिका-६ की २२ वर्षीया राधा गुप्ता रहेको जनाएको छ । उनी बाल एकता स्कुलकी पूर्व लेखापाल समेत हुन् । 

यस्तै, सोही विद्यालयमा वरिष्ठ लेखापालको भूमिकामा रहेका सोही ठाउँका ३४ वर्षीय जामिल अख्तर र कलैया-९ रामपुरका २६ वर्षीय रियाज अंसारी पक्राउ परेका छन् । उनीहरूले यस घटनामा सहयोगी भूमिका खेलेको प्रहरी कार्यालयले जनाएको छ । 

यस्तै, प्रिन्सिपल स्वर्णकारमाथि गोली प्रहार गर्ने समूहका दुई भारतीय नागरिकहरू पनि पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक (एसपी) सुरेश काफ्लेले वताए । 

उनका अनुसार भारतको मोतिहारी पूर्वी चम्पारण, थाना घाेडासहन, बाहार्वाकाला गाउँ वडा नं. १२ निवासी २३ वर्षीय अभिनव कुमार राजपुत र जागिराकाेटी गाउँ निवासी २३ वर्षीय चन्द कुमार पक्राउ परेका छन् । 

गोली प्रहार गर्ने चार जना भने अझै पक्राउ पर्न सकेका छैनन् । उनीहरुकाे खाेजी कार्य भइरहेकाे एसपी काफ्लेले वताए । तर गाेली हानने सुटरहरु थाहा भइहालेकाे उनले वताए ।

उनका अनुसार दुईवटा मोटरसाइकलमा आएका भारत बिहारको मोतिहारी जिल्ला दर्पा थाना १ सुकलहीयाका २५ वर्षीय सुजित कुमार सिंह, त्यही ठाँउका २४ वर्षीय चञ्चल पाण्डे, २२ वर्षीय मनिष सहनी र २० वर्षीय कामेश्वर सहनीले रुपेशलाई गोली हानेका थिए ।

मदर्शा टोलमै घर भएका ३६ वर्षीय रुपेशकाे गत सोमबार दिउँसो मोटरसाइकलमा घरतर्फ जाने क्रममा दुईवटा मोटरसाइकलमा आएका चारजना बन्दुकधारीले चार राउण्ड गोली हानी  हत्या गरेका थिए ।

विवाहेत्तर प्रेमसम्बन्धका कारण स्वर्णकारकाे हत्या 

एसपी काफ्लेले दुई छोराका बुबा समेत रहेका रुपेशको हत्या एक युवतीसँग विवाहेत्तर प्रेम सम्बन्धका कारण गरिएको पुष्टि भएको बताए । 

उनका अनुसार रुपेशकै स्कुलमा पहिले लेखापाल पदमा कार्यरत पूर्वकर्मचारी कलैया ३ मदर्शा टोलकै २२ वर्षीया राधा गुप्ता र उनका प्रेमी भारत घर भएका मनोज गुप्ताले मिलेर गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

राधाकै योजनामा उनका प्रेमी मनोजले भारतबाट सुटर बोलाएर सोमबार दिउँसो रुपेशको हत्या गराएको प्रहरी उपरीक्षक काफ्लेले बताए । रुपेशलाई गोली हान्ने बेलामा  भारतका चार जना सुटर र मनोज आफैं पनि प्रत्यक्ष संलग्न थिए ।

भिडियाेकाे कुरा गरेर हत्यामा राधाकाे प्रयाेग

२०७९ बैशाखबाट बाल एकता ईगलिश बोर्डिङ्ग स्कुलमा पूर्व कर्माचारी (लेखापाल)को रुपमा कार्यरत समेत रहेकी राधाकाे मृतक रुपेश स्वर्णकारसँग घनिष्ट सम्बन्ध रहेको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार आफ्नो प्रेमिकाको अन्तपनि घनिष्टता रहेको मनोजले थाहा पाएपछि मृतक रुपेशसंग करिब ३ पटक नेपालमै हात हालाहाल र झै-झगडा भएको, भारतमा १ पटक र कलैयामा २ पटक दुई पक्ष बसेर छलफल गरी मिलाउने प्रयास गरेतापनि विवाद बढ्दै गएको थियाे ।

सोही झगडामा उक्त स्कुलमा कार्यरत शिक्षकहरु रियाज अंसारी र जामिल अख्तर पनि संलग्न रहेको र धेरै पटक फोन मार्फत गालिगलौच गरी मनोजले “तलाई देखाईदिन्छु” भनी धम्की समेत दिएको थियाे ।

मनोज र रुपेश स्वर्णकारको झगडा उत्कर्षमा पुगेपछि मनोजले आफूसँग रहेको भिडियाेहरुको कुरा गरेर राधालाई रुपेश स्वर्णकारको हत्या योजनामा सामेल गराई भारतका सुटरहरुलाई प्रयोग गरी गोली प्रहार गरी हत्या गराएकाे एसपी काफ्लेले वताए ।

एसपी काफ्लेका अनुसार घटना हुनुपुर्व मृतक रुपेशले राधालाई कलैयामा रहेको रोजमेरी होटलबाट भेज बिरयानी घर नजिकै पुर्याई पुनः बजारमा फर्किएर खाजा लिएर सोहि बाटोबाट फर्कने क्रममा २ वटा मोटरसाईकलमा आएका ४ जना व्यक्तिहरुले पिछा गरी राधा गुप्ताको घर नजिकै रहेको अर्को लाईनको गल्लीमा गोली प्रहार गरी हत्या गरी भारततर्फ भागेका हुन् ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनप्रतिनिधि संवादमा नआएपछि जिराभवानी गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताल्चा

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीको कार्यकक्षमा स्थानीय युवा तथा सर्वसाधारणले ताल्चा लगाएका छन् । गाउँपालिकाभित्रका विभिन्न जनसरोकारका विषयमा खुला संवादका लागि...

बहुमतको दम्भले सरकार अराजक बन्दैछ, सचेत नभए देश दुर्घटनामा जान्छ : रमेश रिजाल

वीरगंज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश रिजालले वर्तमान सरकार बहुमतको दम्भमा अहंकारी र अराजक बन्दै गएको आरोप लगाएका छन् । उनले...

नारायणी अस्पताल पक्ररण : सरकार–चिकित्सक संघबीच पाँचबुँदे सहमति, आन्दोलन स्थगित

वीरगंज । नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवाद र त्यसपछि चिकित्सकमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटनापछि जारी आन्दोलन अन्त्य गर्न...