Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

जिल्ला नेतृत्व कमजोर हुँदा पार्टी नाजुक अवस्थामा पुग्याे : प्रमुख सचेतक यादव

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साले बुधबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं चियापान कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा बोल्दै पार्टीका प्रमुख सचेतक समेत रहेका पर्सा क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य प्रदीप यादबले पार्टी मजबुद हुँदाहुँदै पनि नेतृत्व कमजोर हुँदा पार्टी नाजुक अवस्थामा पुगेको भए पनि अहिले आएको नयाँ नेतृत्वले पार्टी चलायमान बनाउने विश्वास व्यक्त गरे ।

‘संगठन छ, नेता कार्यकर्ता छन् तर पनि जिल्ला कमाण्डर (नेतृत्व) कमजोर र अरुको बैशाखी बन्दा पार्टी नाजुक बन्न पुग्यो,’ उनले भने, ‘अरुको बैशाखी बनेको कमजोर नेतृत्वलाई जिल्लाभरका साथीहरुको प्रयासले पाखा लगाएर मजबुद नेतृत्व चयन गरेसँगै पर्टीमा उत्साह र चलायमान बन्ने आशा जगाएको छ ।’

अब पार्टीको कार्यक्रम दिनहुँ हुने भन्दै उनले पार्टी चलायमान र गतिशील बनाउँदै जिल्लाको चार वटै क्षेत्रमा पार्टीलाई बलियो बनाउने अभियान अघि बढ्ने बताए ।

फरक प्रसंगमा उनले अहिले देशको राजनीतिक अवस्था ठिक नभएको भन्दै संघीयतालाई धराप पार्न केही तत्व लागि परेको बताए । तराईलाई मरुभुमीकरण बनाउने षड्यन्त्र स्वरुप सरकारले सदनमा पेश गर्न लागेको विधेयक फिर्ता नल्याए सरकार बाटै आफूहरु बाहिरिने चेतावनी पनि दिए ।

कार्यक्रममा जसपाका केन्द्रीय सदस्य समेत रहेका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पर्सा जिल्लाका १/२ जना बाहेकका सबै नेता कार्यकर्ताको साथ रहेकाले यही जिल्ला नेतृत्व आधिकारीक रहेको बताए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य मोहनलाल चौधरी, जनार्धन यादब, भीमा यादब, संघीय परिषद सदस्य विपिन यादव, शिवजी शोनी, जिल्ला समन्वय समितिका सभापति अजय सर्राफ, प्रेमबाबु पटेल, विभिन्न वडाका वडाध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

पार्टीका जिल्ला अध्यक्ष सिंगासन साह तेलीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण पार्टीका लजिल्ला सचिव उमेशलाल सहनीले गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...