Date
बिहि, भदौ १८, २०८३
Thu, September 3, 2026

जसपा केन्द्रिय सल्लाहकार समितिमा ३ जना मनाेनित

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मधेस प्रदेश सभा सदस्यको रिक्त स्थानमा सिराहाकी सञ्जिला कुमारी यादवलाई निर्वाचन आयोग समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै पार्टीको बैठकले ललितपुरको रानीबुमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने निर्णय गरेको छ । जसका लागि पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा पाँच सदस्यीय भवन निर्माण समिति गठन गरेको छ । समितिको सदस्यहरुमा अमरेश नारायण झा, बलराम महतो, न्हुच्छेलाल महर्जन र सिताराम साह रहेका छन् ।

बैठकले गंगाराम यादव, विमलप्रसाद साह, शैलेश चौधरीलाई सल्लाहकार समितिमा र वीरेन्द्र यादवलाई सामाजिक सुरक्षा समितिमा मनोनयन गरेको छ ।

त्यसैगरी चुरे उत्खनन् गरी निकासी पैठारी सम्बन्धी सरकारी निर्णयको पार्टीले बिरोध गर्ने निर्णय गरेको छ ।

बैठकले केन्द्रीय कार्यालय समितिको अध्यक्ष भन्ने वाक्यांशलाई अब उप्रान्त केन्द्रीय कार्यालय सचिवको रुपमा प्रयोग गर्ने निर्णय समेत गरेको केन्द्रिय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बाबुलाल चाचानको पहलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५२ लाख ११ हजार सहयोग

वीरगंज । चाचान समूहका अध्यक्ष, वीरगञ्जका वरिष्ठ उद्योगपति तथा समाजसेवी बाबुलाल चाचानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संस्थामार्फत गरी कुल ५२ लाख ११...

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध गैरकानुनी लाभ वा हानी गरेको भन्दै...

यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर विश्राम लिने छुट नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्कटको...