Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

यात्रुसंग बढी भाडा लिने सुमाेलाई कारवाही

spot_img
spot_img

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चाडपर्वको मौका छोपी बढी भाडा लिने सवारी साधनलाई कारबाही थालेकाे छ । वीरगंजबाट काठमाडौं जाने टाटा सूमोले बढी भाडा लिइरहेकाे गुनासाे आएपछि ट्राफिक प्रहरीले कारवाही थालेकाे हाे ।

नियमित चेकजांचकाे क्रममा वीरगंजदेखि काठमाडाैं चल्ने यात्रुहरूसंग बढी भाडा लिएकाे पाइएपछि कारवाही गरिएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक भाष्कर खतिवडाले वताए । साथै बढी  भाडा लिने यात्रुलाई फिर्ता समेत गराइएकाे उनले जानकारी दिए । 

प्रहरी निरिक्षक खतिवडाकाे नेतृत्वमा मंगलबा विहान खटिएकाे प्रहरी टाेलीले वीरगंजबाट काठमाडौँ छुटेकाे ना. १ ज. ७४१९ नम्मबरकाे टाटा सुमाे बढी बढा लिएकाे पाइएपछि वीरगंज बसपार्कबाट नियन्त्रणमा लिएकाे थियाे ।

गाडीमा सवार यात्रुहरुसंग साेधपुछ गर्दा दुई यात्रुसंग १५०० रुपैयाँ भाडा लिएको पाइएकाे थियाे । त्यसपछि ट्राफिक प्रहरीले साे टाटा सुमाे जिल्ला ट्राफिक प्रहरी कार्यालयमा ल्याएर कारवाही गर्नुकाे साथै बढी भाडा यात्रुहरुलाई फिर्ता गराएकाे हाे । 

वीरगंजबाट काठमाडौँ सम्मको भाडा  ८५० रुपैयाँ रहेकाेमा चाडपर्वको मौका छोपी केही सवारी साधनले १५०० रुपैयाँसम्म लिने गरेको गुनासाे ट्राफिक प्रहरीलाई प्राप्त भएकाे थियाे । चाडपर्वको मौका छोपी बढी भाडा लिएको पाइए नजिककाे प्रहरी तथा ट्राफिक प्रहरीलाई खबर गर्न प्रहरी निरिक्षक खतिवडाले आग्रह समेत गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...