Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

अखिल क्रान्तिकारीकाे पदाधिकरीमा पर्साबाट ४ जना मनोनित

spot_img
spot_img

वीरगंज । नेकपा (माओवादी केन्द्र) निकट विद्यर्थी संगठन विस्तार गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) काे केन्द्रिय समिति विस्तार गरिएको हो ।

अखिल क्रान्तिकारीको काठमाडौंमा बसेको बैठकले अखिल क्रान्तिकारीको केन्द्रीय कमिटि विस्तार गरेकाे अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले जानकारी दिए । संगठनका अध्यक्ष पंचा सिंहकाे अध्यक्षतामा बसेकाे संगठनकाे केन्द्रिय कार्यालयकाे एघाराैं पुर्ण बैठकले ९९९ सदस्यीय केन्द्रिय समिति बिस्तार गरेकाे पुनले वताए ।

विस्तारित कमिटिमा पर्साबाट पनि चार जना विद्यार्थी नेता विभिन्न पदमा मनोनित भएका छन् ।

अखिल क्रान्तिकारीको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय उपमहसचिवमा पर्साका प्रभाकर गुप्ता, केन्द्रीय सचिवमा शिवम साह, केन्द्रीय सचिव तथा मधेस प्रदेश उपाध्यक्षमा इश्क कुमार, केन्द्रीय सचिव तथा प्रदेश प्रमुख सचिवममा मोहम्मद जुबैर आलमलाई पदाधिकारीमा मनोनित गरेको हो ।

मनोनित भएका चारजना मध्य गुप्ता यसअघि सचिवको जिम्मेवारीमा थिए भने साहलाई केन्द्रीय सदस्य तथा विदेशविभाग उपप्रमुखको जिम्मेवारी थियो ।

यसैगरी इश्क कुमार केन्द्रीय स्वयंसेवक संघका संयोजकमा थिए । आलम यसअघि प्रदेश सचिवको जिम्मेवारीमा थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...