Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वडाध्यक्ष चतुर्वेदी विरुद्ध प्रहरीमा उजरी

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका वडा नं. २५ का वडाध्यक्ष आशुताेष चतुर्वेदीले सरसफाई कर्मचारी कुटेकाे भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजरी परेकाे छ । 

वडाध्यक्ष चतुर्वेदीले आफुलाई कुटेर टाउकाे फुटाइदिएकाे भन्दै वीरगंज महानगरपालिकाका सरसफाइ शाखामा कार्यरत ट्याक्टर ड्राइभर वीरगंज १ छपकैया निवासी ३१ बर्षिय नेक महमदले प्रहरी कार्यालयमा उजरी दिएका हुन् । 

वडाध्यक्ष चतुर्वेदीले हेलमेट र मोबाइल प्रहार गरि मेराे टाउकाे फुटाई दिएकाे ट्रेक्टर ड्राइभर महमदकाे आराेप छ । बाटोघाटोलाई सफाइ गर्ने क्रममा राती साढे १० बजे वडाध्यक्ष चतुर्वेदीले ट्याक्टरलाई राेकेर आफुलाई कुटपिट गरेका महमदले वताए ।

घाइते महमदकाे वीरगंजस्थित नारायणी अस्पतालमा उपचार गरिएकाे छ । महमदकाे टाउकाेमा दुईटा टाका लागेकाे छ ।

रक्सीले मातेका वडाध्यक्ष चतुर्वेदीले वीरगंजकाे आदर्शनगरमा आइतबार राती महानगरपालिकाको ना १ ८ २६१ नम्बरको ट्याक्टर रोकेर सफाइ काम बन्द गर भन्दै आफू र मेयरलाई तथानाम गाली गर्दै कुटपिट गरेको ड्राइभर महमदले आराेप समेत लगाएका छन् ।

यता महिला सफाइकर्मीहरूले वडा अध्यक्ष चतुर्वेदी माथि झाडु प्रहार गर्दै लखेटेकाे समाजिक संजालमा भिडियाे समेत भाइरल भएकाे छ । घटना बारे बुझ्न घटना भएकाे दिनदेखि नै वडाध्यक्ष चतुर्वेदीसंग फाेनमा सम्पर्क गर्न खाेज्दा उनकाे माेबाइल अफ भएका कारण सम्पर्क हुन सकिरहेकाे छैन् ।

वडाध्यक्ष चतुर्वेदी विरुद्ध उजरी परेकाेले उनकाे खाेजी कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक (एसपी) काेमल साहले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...

दुई सातादेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा भेटियो, दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका एक युवकको शव घरको शौचालयस्थित सेफ्टी ट्यांकीबाट फेला परेको छ। भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक...

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ । मधेस प्रदेश सरकारको शिक्षा तथा...