Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

नगवाका सई तुराहाले वडाध्यक्ष कुटेकाे भन्दै कारवाहीकाे माग

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ७ का वडाध्यक्ष हिराकाजी महर्जनले प्रहरी चाैकी नगवाका प्रहरी नायब निरिक्षक (सई) रविन्द्र साह तुराहाले आफुमाथि कुटपिट गरेकाे भन्दै कारवाहीकाे माग गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष महर्जनले वडामा भइरहेकाे दुर्गा पुजामा सहभागि एक जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे बेला आफु साेधपुछ गर्न पुग्दा सई तुराहाले आफुमाथि मुकाले हिर्काएर आँखा फाेडेकाे आराेप लगाएका हुन् । 

उनले भने “महाअष्टमीकाे दिन टाेलमा दुर्गा पुजा भएकाे पण्डालमा सांस्कृतिक कार्यक्रम भइरहेकाे थियाे । मैले घरमा सुतेका थिए, प्रहरीले पण्डालमा भइरहेकाे सांस्कृतिक कार्यक्रम बन्द गर्न भन्याे । त्यसपछि पुजा समितिका भाईहरु मेराे घरमा पुगी मलाई बाेलाएर लिएर आए । मैले भइरहेकाे भाेजन कार्यक्रम केही समय अरु हुन दिनु भनेर प्रहरीलाई भने । जिल्लाबाट पुगेका इन्सपेक्टर साव मेराे कुरा मान्नु पनि भयाे । त्यस अनुसार नै कार्यक्रम भइरहेकाे थियाे । साेही क्रममा समितिका एक जना भाईलाई प्रहरीले नियन्त्रणमा लियाे । त्याे भाईलाई छुटाउन जादा ममाथि सई सावले पछाडीबाट हिर्काउनु भयाे र म तल खसिहाले ।

मैले तल खसिसक्दा पनि प्रहरीले ममाथि लठीले हिर्काएकाे वडाध्यक्ष महर्जनले पत्रकार सम्मेलनमा सुनाए । प्रहरीकाे लठीले हानेका कारण मराे शरिरकाे विभिन्न भागमा चाेटपटक समेत लागेकाे उनले पत्रकार सम्मेलन मै देखाए ।

त्यसपछि कार्यक्रममा सहभागि भएका स्थानियहरुले प्रहरी विराेध प्रदर्शन गर्न थालेपछि प्रहरीले गुण्डागर्दी शैलीमा मलाई नियन्त्रणमा लिएर रक्सी खाएकाे आराेपमा जिल्ला प्रहरी कार्यालय पर्सामा लगेर रात भरि राखेकाे वताए । उनले मसंगै सुरुमा अन्य २ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएकाे वताए । त्यसपछि पनि प्रहरी विराेधकाे प्रदर्शन नराेकिएपछि प्रहरीले लाठी चार्ज गर्दै अन्य २ जनालाई पनि नियन्त्रणमा लिएकाे वताए ।

नगवाका सई सावले पुरानाे रिसवीका कारण आफुमाथि दुर्व्यवहार गरेकाे वडाध्यक्ष महजर्नकाे आराेप छ । तिजकाे बेला उनीसंग भएकाे विवादलाई लिएर सई सावले म वडाध्यक्षलाई देखाउन्छु भन्दै हिडेकाे समेत महर्जनकाे भनाई थियाे ।

प्रहरी चाैकी नगवाका सई तुराहाले घटना बारे डिएसपी सावसंग बुझ्न भन्दै आफुले कसैमाथि कुटपिट नगरेकाे वताए । पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाकाे फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) काेमल साहले राति अवेर सम्म गरिएकाे सांस्कृतिक कार्यक्रम बन्द गराउन खाेज्दा रक्सी खाएर केही मानिसहरुले हाेहल्ला गरेका कारण नियन्णमा लिइएकाे वताए । प्रहरीले कसैलाई कुटपिट नगरेकाे उनले वताए ।  

घटना भएकाे स्थल मै आयाेजित पत्रकार सम्मेलनमा वीरगंज महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष जगत साह कानु, वडा नं. ९ का वडाध्यक्ष जवाहर प्रसाद गुप्ता, वडा नं. २० का वडाध्यक्ष रामकिशाेर सिंह पराग, वडा नं. २४ का वडाध्यक्ष विजय प्रसाद कुर्मी, वडा नं. २६ का वडाध्यक्ष शम्भु मिश्रा, वडा नं. २७ का वडाध्यक्ष हृदयनारायण प्रसाद कुर्मी, वडा नं. २८ का वडाध्यक्ष सर्जुग महताे, कार्यपालिका सदस्य कन्हैया ठकुर लगायतकाे पनि उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...

दुई सातादेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा भेटियो, दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका एक युवकको शव घरको शौचालयस्थित सेफ्टी ट्यांकीबाट फेला परेको छ। भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक...

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ । मधेस प्रदेश सरकारको शिक्षा तथा...