Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

पकहाँ मैनपुरमा शुभकामना आदानप्रदान

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहाँ मैनपुर गाउँपालिकामा शुक्रबार बडा दशैं, शुभ दिपावली एवम् छठ पर्वकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ ।

गाउँपालिकाकाे आयाेजनामा भएकाे कार्यक्रममा सहभागीहरुले शुभकामना आदानप्रदान गरेका थिए ।

गाउँपालिकाकी उपाध्यक्ष सरफुन नेशाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वडाध्यक्ष संजय चाैहान, बलिराम चाैरसिया, नेपाली कांग्रेसका नेता नसुरलाह मियाँ, लक्ष्मण कुर्मी, राेकेश कुशवाहा, स्वास्थ्यकर्मी रामनाथ महताे लगायत जनप्रतिनिधि र कर्मचारीहरुकाे सहभागिता रहेकाे थियाे ।

गाउँपालिकाकाे कार्यालय पकहाँ मैनपुरमा भएकाे कार्यक्रमकाे सहजिकरण अनिल साहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...