Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पत्रकार साहमाथि हातपात

spot_img
spot_img

वीरगंज । रेडियो नेपालका सप्तरी संवाददाता तथा माइ सञ्चार डट कमका सञ्चालक डाक्नेश्वरी नगरपालिका-८ घर भई राजविराज नगरपालिका-५ बस्ने ३६ वर्षीय संजिब विक्रम साहमाथि बुधबार हातपात भएकाे छ ।

डाक्नेश्वरी नगरपालिका-५ का ४० वर्षीय अमरेन्द्र यादव र वडा नम्बर ६ का ३८ वर्षीय अनिल यादवले आफुमाथि हातपात र अभद्र व्यवहार गरेको साहले आराेप लगाएका छन् ।

माछा पोखरीका विषयमा नगरपालिकामा भइरहेको विरोध प्रदर्शनको समाचार संकलनमा पुगेका बेला जनमत पार्टीका कार्यकर्ता यादवद्वयले नियोजित रुपमै हातपात गरेको साहले वताए । प्रदर्शनकारीहरूले पत्रकार साहको अनटेस्ट ४६२४ नम्बरको मोटरसाइकलको ऐनाको सिसा समेत फुटाएको उनले वताए ।

नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य समेत रहेका साहमाथि भएको आक्रमणको महासंघ सप्तरी शाखाले भत्सर्ना गरेको छ । प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउने राजनीतिक दलकै कार्यकर्ताबाट पत्रकार असुरक्षित हुनु दुःखद भएको महासंघले जनाएको छ ।

‘रिपोर्टिङ गर्न गएका पत्रकारमाथि हातपात गरिएको घट्नाको हामी घोर भत्सर्ना गर्दछौं । यो घटनाले प्रेस स्वतन्त्रताको खिल्ली उडाएको हाम्रो ठहर छ’ महासंघले कात्तिक १ गते जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘पत्रकार साहमाथि हातपात गर्ने दुबैलाई कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दछौं । कारबाही नगरिए हामी आन्दोलनमा उत्रने जानकारी गराउँदछौं ।’

पोखरी ठेक्काको सम्बन्धमा नगरपालिका विरुद्ध राति अबेलासम्म ढुंगामुढा प्रहार गर्दै प्रदर्शन भइरहेकोले पत्रकार साहलाई सुरक्षाका लागि नगरपालिका कार्यालयभित्र सुरक्षासाथ राखिएको प्रहरीले जनाएको छ ।

अवस्था तनावपूर्ण बनेकोले सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालित भएको इलाका प्रहरी कार्यालय कल्याणपुरका इन्स्पेक्टर शुभेश अधिकारीले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...