Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

प्रमुख प्रशासकिय अधिकृत मेहताकाे स्वागत र राैनियारकाे बिदाई

spot_img
spot_img

परवानीपुर । बाराको परवानीपुर गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा प्राण मेहता हाजिर भएका छन् । थारु आयाेगबाट परवानीपुरमा सरुवमा भएका अधिकृत मेहता बुधबार हाजिर भएका हुन् ।

गाउँपालिका कार्यालय परवानीपुरमा हाजिर हुन पुगेका अधिकृत मेहतालाई एक कार्यक्रमकाे बिच स्वागत गरिएकाे थियाे । साेही कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुन्ना राैनियारकाे बिदाई समेत गरिएकाे थियाे ।

गाउँपालिका अध्यक्ष रामक्षत्रि प्रसाद कुर्मी र उपप्रमुख सुगान्धि देवीले फुल माला, गम्छा र अबिरकाे टिका लगाई अधिकृत रौनियारको बिदाई सँगै अधिकृत मेहताको स्वागत गरेका थिए ।

करिब डेढ बर्ष परवानीपुरमा कार्यकाल पुरा गरेका अधिकृत राैनियारकाे मधेश प्रदेशकाे मुख्यमन्त्रीकाे कार्यालयमा सरुवा भएकाे छ ।  पालिकाका नयाँ प्रमुख प्रशासकिय अधिकृतको प्राण मेहताले यस अघि पर्साकाे जिराभवानी र बाराकाे फेटा गाउँपालिकामा समेत काम गरिसकेका छन् ।

स्वागत तगा बिदाई कार्यक्रममा उमेश गुप्ता, सबै वडाध्यक्षहरु र गाउँपालिकाका कर्मचारीहरुकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...