Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

एम्बुलेन्समा गाँजा तस्करी गर्ने भारतीय चालक पक्राउ

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय बाराले लागुऔषध गाँजासहित एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले महागढीमाई नगरपालिकाको गंजभवानीपुरबाट २ किलो ५०० ग्राम गाँजासहित भारतीय एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको हो ।

भारतीय नागरिक ३२ वर्षीय एम्बुलेन्सका चालक रामविश्वास पासवान र बीआर ०५ पिबि ५५२३ नं को भारतीय एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सुरेश प्रसाद काफ्लेले बताए ।

सवारी चेक जाँचकाे क्रममा बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्समा साढे २ किलो गाँजा भेटिएपछि प्रहरीले एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । बरामद गाँजा, एम्बुलेन्स र चालकलाई प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको हो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न रास्वपा नेता चौरसियाको आग्रह

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता योगेन्द्र चौरसियाले मधेशमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई शान्ति, सद्भाव र...

दोषीमाथि कडा कारबाही हुन्छ, अफवाह नफैलाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत विभिन्न स्थानमा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देशका केही जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई लिएर नेपाल...

पर्सावासीलाई प्रशासनको अपिल : निषेधाज्ञाको पूर्ण पालना गर्न र अफवाह नफैलाउन आग्रह

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुरक्षा, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सम्पूर्ण पर्सावासीलाई निषेधाज्ञाको पूर्ण पालना गर्न तथा अफवाह...