Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

एम्बुलेन्समा गाँजा तस्करी गर्ने भारतीय चालक पक्राउ

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय बाराले लागुऔषध गाँजासहित एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले महागढीमाई नगरपालिकाको गंजभवानीपुरबाट २ किलो ५०० ग्राम गाँजासहित भारतीय एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको हो ।

भारतीय नागरिक ३२ वर्षीय एम्बुलेन्सका चालक रामविश्वास पासवान र बीआर ०५ पिबि ५५२३ नं को भारतीय एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सुरेश प्रसाद काफ्लेले बताए ।

सवारी चेक जाँचकाे क्रममा बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्समा साढे २ किलो गाँजा भेटिएपछि प्रहरीले एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । बरामद गाँजा, एम्बुलेन्स र चालकलाई प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...