Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

अबैध सामान सहितकाे ट्रक पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले वीरगंजबाट काठमाडाैं तर्फ जादै गरेकाे अबैध सामान सहितकाे ट्रक नियन्त्रणमा लिएकाे छ ।

बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मंगलबार राति १०:४५ बजेको समयमा बाराकाे जितपुरसिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज चोकबाट ना.३.ख.५६७२ नम्बरकाे ट्रक नियन्त्रणमा लिएकाे हाे । 

विरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ट्रकलाई रोकी चेक जाँच गर्दा हार्डवेयर तथा अटो पार्टका सामानहरू बिल विजक भन्दा बढीकाे फेला परेकाेले नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

श्रोत खुलाउन नसकेको ५९ लाख १२ हजार ७ सय १७ रूपैया बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक (डिएसपी) दधिराम न्याैपानेले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न रास्वपा नेता चौरसियाको आग्रह

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता योगेन्द्र चौरसियाले मधेशमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई शान्ति, सद्भाव र...

दोषीमाथि कडा कारबाही हुन्छ, अफवाह नफैलाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत विभिन्न स्थानमा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देशका केही जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई लिएर नेपाल...

पर्सावासीलाई प्रशासनको अपिल : निषेधाज्ञाको पूर्ण पालना गर्न र अफवाह नफैलाउन आग्रह

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुरक्षा, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सम्पूर्ण पर्सावासीलाई निषेधाज्ञाको पूर्ण पालना गर्न तथा अफवाह...