Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

भन्सार छलीकाे ६ लाख बराबरकाे सामानहरु बरामद

spot_img
spot_img

वीरगंज । प्रहरीले भन्सार छली चोरी पैठारी गरी ल्याएको ५ लाख ८९ हजार पाँच सय नवे रुपैया बराबरकाे विभिन्न किसिमका सामानहरु बरामद गरेकाे छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे प्रहरी टाेलीले शनिबार दिउसाे १:३० बजेको समयमा वीरगंज महानगरपालिकाकाे वडा नं.१५ गिरिजा चोक स्थितबाट खाद्यान्न तथा लत्ताकपडाहरू बरामद गरेकाे हाे ।

काजु-१२ डिब्बा १२० के.जी., मैदा-९८ के.जी., चिनी-३२ के.जी., ललिपप चक्लेट-२४ के.जी., तिलौरी पापड-२० के.जी., केराउ-२४ के.जी., स्नेकर चक्लेट-७ कार्टुन (५४ प्याकेट), सुर्ती-३२ के.जी., सर्ट थान कपडा-१०२० मिटर, पार्दा रेडिमेट-७७ पिस, कुसुन कभर-१०५ पिस र कुर्ता सुरवाल-१४ पिस बरामद भएकाे प्रहरीले जनाएकाे छ ।

भन्सार छली चोरी पैठारी गरी ल्याएका खाद्यान्न तथा लत्ताकपडाहरू सार्वजनिक भाडाको अटोमा लोड गर्दै गरेको अवस्थामा प्रहरी टोलीलाई देख्नासाथ मालबस्तुहरू छाडी भागी फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।

बरामद सामानहरु साेमबार आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको डिएसपी थापाले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली अर्को इतिहास रच्ने योजनामा छ । मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर कपमा नेपालसामु इतिहास रच्ने मौका...

वित्तीय अनुशासन र कर्मचारी व्यवस्थापन सुधार प्रयासमा मधेस

जनकपुरधाम । मधेस प्रदेश सरकारले पछिल्लो १०० दिनमा वित्तीय अनुशासन, बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन तथा प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेको छ । मधेस प्रदेश सरकारको अर्थ...

कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कर्मचारी सञ्चय कोष...