Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

सिर्सिया नदी प्रदुषण गर्ने उद्योगलाई सीलबन्दी गरेर कारबाही गरिने

spot_img
spot_img

वीरगंज । तिहार तथा छठ पर्व अगाडी नै सिर्सिया नदी प्रदुषण नरोकिए सिलबन्दी गरेर उद्योगलाई कारबाही गरिने निर्णय भएको छ ।

वीरगंज महानगरपालिकामा सोमबार उद्योगी व्यवसायी, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिबीच बसेको बैठकले उद्योगहरुबाट निस्कने रसायनयुक्त लेदो तथा फोहोर प्रशोधन गरेर मात्रै नदीमा पठाउनु पर्ने र त्यसो गरेको नपाए उद्योगहरु सील गरी नियम बमोजिम जरिबाना तिराउने निर्णय गरिएको हो ।

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले नदी प्रदुषण गर्ने उद्योगमा सिलबन्दी गरेर कारबाही गर्ने चेतावनी दिएपछि सिर्सिया नदीमा भइरहेको प्रदुषण नियन्त्रणका लागि आवश्यक काम गर्न उद्योगीहरु पनि तयार भएका छन् ।

यस अघि आजै बिहान महानगरपालिकाका मेयर सिंहको नेतृत्वमा सिर्सिया नदी प्रदुषणमा मुख्य भुमिका खेल्ने विभिन्न ६ वटा उद्योगहरुको अनुगमन भएको थियो ।

विगतमा बारम्बार अनुगमन हुँदा समेत उद्योगीहरुले नदी प्रदुषण गर्न नछाडे पछि साेमबार मेयर सिंह आफै अनुगमनमा पुगेर प्रदुषण गराउने उद्योगका संचालकहरुलाई बोलाएर नदी प्रदुषण रोक्न निर्देशन दिएका हुन् ।

बैठकले वीरगंज महानगरभित्र संचालित हरेक उद्योगले ६-६ महिनामा स्व. अनुगमन मुल्यांकन प्रतिबेदन महानगरमा बुझाउनु पर्ने निर्णय पनि गरेको छ ।

यस्तै उद्योगीहरुले सिर्सिया नदीमा प्रदुषण गर्न नरोके वीरगंज महानगरपालिका र वातावरण संरक्षण ऐन २०७७ तथा वातावरण नियमावलीले तोके बमोजिमको कारबाही प्रकृया अघि बढाउने निर्णय भएको छ ।

बैठकमा मेयर सिंहले वीरगंजकै लाइफलाइनको रुपमा रहेको नदी प्रदुषण उद्योगीहरुले गरिरहेको भन्दै अब प्रदुषण गरेको भेटिए ठाउँको ठाउँ कारबाही गर्ने गरि संयन्त्र तयार पार्ने पनि बताए ।

बैठकमा सिर्सिया नदी प्रदुषणमा मुख्य भुमिका खेलेका श्री सिद्धि टेक्सटायल्स, अरनिको प्रोसेसिङ, पाना पेपर्स, न्यू पशुपति इन्डस्ट्रिज, मरियम लेदर्स र ग्लोबल लेदर्सका संचालकले आफूहरु उद्योगबाट निस्कने फोहोर पानी प्रशोधन गरेर मात्रै नदीमा मिसाउन तयार रहेको बताए ।

महानगरले नदी प्रदुषण नियन्त्रणका लागि गरिरहेको काम सह्रानीय रहेको भन्दै उद्योगीहरुले आफूहरु पनि उद्योगमा पानी प्रशोधन केन्द्र राख्न र बोरिङबाट सफा पानी नदीमा हाल्ने व्यवस्था मिलाउन तयार रहेको बताए ।

बंठकमा अरनिको प्रोसेसिङ उद्योगका सोचन प्रसाद यादव, ग्लोबल लेदरका सरोज चौरसिया, सिद्धि टेक्सटायल्स र न्यु पशुपति इण्डस्टिजका अशोक मित्तल, मरियम लेदरका बालमुकुन्द चौधरी, पाना पेपर्स वकर्सका सुभाष पटेल लगायतको सहभागिता रहेको थियो ।

महानगरपालिकाले यस अघि ५ वटा उद्योगलाई नदी प्रदुषण गराउन प्रमुख भुमिका खेलेको भन्दै ३/३ लाख रुपैयाँ जरिबाना गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...