Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंज महानगरकाे जनस्वास्थ्य प्रयोगशाला उद्घाटन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले आफ्नै जनस्वास्थ्य प्रयोगशाला संचालनमा ल्याएको छ । नगरवासिलाई सहुलियत दरमा स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने उद्देश्यले महानगरले आफ्नै प्रयोगशाला संचालनमा ल्याएको हो ।

आइतबार प्रयोगशालाको उद्घाटन गर्दै पूर्व वन तथा वातावरणमन्त्री समेत रहनुभएका संघीय सांसद प्रदीप यादवले सर्वसुलभ मूल्यमा स्वास्थ्य परीक्षण सेवा पाउनु आम नागरिकको लागि बरदान भएको बताए ।

महंगो मूल्यमा निजी स्वास्थ्य संस्थामा जाँच गर्नु पर्दा नागरिकले सास्ति खेपिरहेको भन्दै उनले महानगरले सुरु गरेको जनस्वास्थ्य प्रयोगशाला जनहितकारी रहेको पनि बताए ।

बाहिर भन्दा निकै सस्तो मूल्यमा स्वास्थ्य परीक्षण गरिने गरि महानगरले वडा नं. ३ मालपोत कार्यालय अगाडीको चोकमा ल्याब संचालनमा ल्याएको हो । ल्याबमा उच्चस्तरीय प्रविधिका परीक्षण मेसिन राखिएको र अहिले विभिन्न ५४ प्रकारका परीक्षण हुने गरि सेवा सुरु गरिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए ।

कालाजार, मलेरिया र एचआइभी परीक्षण भने ल्याबमा निशुल्क गरिने र अन्य परीक्षणका लागि पनि चाँडै आवश्यक प्रविधि जडान गर्ने गरि काम भइरहेको पनि उनले वताए ।

महानगरपालिकाले ३३ लाखको लागतमा हल, शौचालय सहित ४ कोठा भवन निर्माण गरेर प्रयोगशाला संचालनमा ल्याइएको हो ।  प्रयोगशालाका लागि प्रयोग भएका उपकरण भने मधेस प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको हो ।

प्रयोगशालामा सीबीसी १ सय ७५, लिभर फंक्सन टेस्ट २ सय, लिपिट प्रोफाइल टेस्ट ३ सयमा नै परीक्षण गरिने छ । बाहिर निजी प्रयोगशालाहरुले अहिले सीबीसी, लिभर फंक्सन टेस्ट, लिपिट प्रोफाइल टेस्ट परीक्षण गराउँदा ७ सय रुपैयाँदेखि १ हजार रुपैयाँ सम्म लिने गरेका छन् ।

सबैखाले परिक्षणमा नगरवासीले बजारमूल्य भन्दा ७५ प्रतिशत सस्तो परिक्षण सेवा प्राप्त गर्न सक्ने महानगर प्रमुख सिंहले बताए ।

त्यस्तै प्रयोगशालामा जेष्ठ नागरिक (बृद्द भत्ता पाईरहेका), मृगाैला पिडित, क्यान्सर पिडित, HIV संक्रमित, सहिद परिवार र मधेश आन्दोलनमा घाईते तथा विपन्न परिवारलाई सबैखाले परिक्षणमा ९० प्रतिशत छुट र अपांगता भएका व्यक्तिहरूलाई ५० प्रतिशत छुटकाे व्यवस्था मिलाइएको पनि उनले वताए ।

स्वास्थ्य सेवा नगरवासीकाे घरदैलोमै पुर्याउन अहाेरात्र काम गरिराखेकाे वीरगंज महानगरले एक पछि अर्काे स्वास्थ्य सेवाका कार्यक्रम सञ्चालन गर्दै जाने विश्वास दिलाउँदै सुलभ दरकाे प्रयाेगशाला सेवाकाे लाभ लिनुहुन पनि महानगर प्रमुख सिंहले सम्पूर्णमा अनुराेध गरेका छन् ।

कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. चित्तरन्जन साहले महानगरले संचालनमा ल्याएको प्रयोगशाला नारायणी अस्पतालको भन्दा पनि सुलभ रहेको भन्दै परीक्षण गर्ने मेसिन पनि गुणस्तरीय रहेको बताए ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले महानरका विभिन्न ६ ठाउँमा प्रयोगशाला संचालनमा ल्याउने नीति बमोजिम आज पहिलो ल्याब संचालनमा ल्याइएको बताए ।

उद्घाटन कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रसाशक डा. मुक्ति नारायण साह, वडा नं. ३ का वडाअध्यक्ष बैजुलाल श्वर्णकार, वडा नं. ४ का वडाध्यक्ष जगत साह कानु, वडा नं. ५ का वडाध्यक्ष प्रदीप चौरसिया, वडा नम्बर २६ का वडाध्यक्ष शम्भु मिश्र लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...