Date
शनि, साउन २, २०८३
Sat, July 18, 2026

नवरात्रीकाे पहिलाे दिन कलश यात्रा

spot_img
spot_img

वीरगंज । नेपालीहरुकाे महान चाँड बडा दशैं आइतबारदेखि सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुने बडा दशैंकाे पहिलाे दिन घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गर्ने गरिन्छ । घटस्थापना कै दिनदेखि नवरात्री समेत सुरु हुन्छ ।

नवरात्रीकाे पहिलाे दिन पर्साकाे विभिन्न स्थानामा कलश यात्रा निकालिएकाे छ । केही समय यतादेखि आएर पर्सामा सामुहिक रुपमा नवरात्री गर्ने चलनमा वृद्धि समेत भएकाे छ । सामुहिक रुपमा नवरात्री गर्नेहरु पहिलाे दिन कलश यात्रा समेत निकाल्दै आएका छन् ।

जगरनाथपुर गाउँपालिकामा भव्य रुपमा नवरात्रीकाे पहिलाे दिन आइतबार भव्य रुपमा कलश यात्रा निकालिएकाे छ । सयाैंकाे श्रद्धालुहरुकाे सहभागितामा निकालिएकाे कलश यात्रा गाउँ समेत परिक्रमा गरेकाे थियाे ।

जगरनाथपुर गाउँपालिकाकाे वडा.न.३ जमुनिया, बर्गो टोल, वडा नं.४ टोल सुहपुर, वडा.न.५ चिलझप्ट्टि वडानं. ६ बहुवरी तथा पर्सौनीमा कलश यात्रा निकालिएकाे स्थानिय मंजय गिरीले जानकारी दिए ।

कलश यात्रामा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव, उपाध्यक्ष बबिता सिंह क्षेत्री, जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष रेखा चाैधरी, प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय यादव, वडाअध्यक्ष शुभास कुमार यादव, प्रभु नुनिया, राम-अयोध्या प्रसाद पटेल लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कालिकामाई गाउँपालिकाको विवादबारे नेपाली कांग्रेसको ध्यानाकर्षण, सेवा सुचारु गर्न माग

वीरगंज । नेपाली कांग्रेस कालिकामाई गाउँपालिका कार्यसमितिले कालिकामाई गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधिबीच उत्पन्न विवादका कारण पालिकाको सेवा प्रवाह प्रभावित भएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको...

रोयल किड्स मन्टेश्वरीमा मेहन्दी प्रतियोगिता सम्पन्न, प्रेमा देवी प्रथम

वीरगंज । साउन महिनाको पहिलो दिनको अवसर पारेर वीरगंज महानगरपालिका–१० अशोकबाटिकास्थित रोयल किड्स मन्टेश्वरी स्कुलले विद्यार्थीहरूबीच मेहन्दी प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयले आयोजना गरेको...

गृहमन्त्रीको उपस्थितिमा ठोरीका दुई होटलमा छापा, सात युवतीसहित नौ जना नियन्त्रणमा

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा गृहमन्त्री सुधन गुरुङ को उपस्थितिमा दुई होटलमा छापा मारिएको घटनाले राजनीतिक तथा सुरक्षा वृत्तमा चर्चा र विवाद दुवै सिर्जना...