Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

बसपार्कमा पनि यात्रु सहायता कक्षको स्थापना

spot_img
spot_img

वीरगंज । यात्रुहरूको सुविधालाई मध्यनजर गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंजकाे बसपार्माकमा पनि यात्रु सहायता कक्षकाे स्थापना गरेकाे छ ।

नेपालीहरुकाे महान चाँड दशै, तिहार र छठ पर्वलाई मध्य नजर गरि बसपार्कमा स्थापना गरिएकाे यात्रु सहायता कक्षकाे एक कार्यक्रमकाे बिच शनिबार वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गरेका हुन् ।

नजिकिँदै गरेको चाडबाडलाई मध्यनजर गरी स्थापना गरिएको सहायता कक्षमा अपराध एवं दुर्व्यहार तथा ट्राफिक सम्बन्धी गुनासोहरु राख्न सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक भास्कर खतिवडाले वताए ।

साथै अन्य ट्राफिक पोष्ट तथा नेपाल प्रहरीका सम्पुर्ण कार्यालयहरुमा समेत यात्रुहरुले सहायता लिन सकिने उनले जानकारी गराए ।

जसमा बिभिन्न सचेतनाका सामग्रीहरु र भाडा दर समेत उल्लेख गरीएको छ । सहायता कक्षमा यातायात व्यवसायी संघका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, ट्राफिक र जनपद प्रहरीका कर्मचारीहरु रहने छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...