Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

खैरो हिरोईनसहित प्रसौनीका नुनिया पक्राउ

spot_img
spot_img
वीरगंज । प्रहरीले १८ ग्राम लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ सहित १ जना नियन्त्रणमा लिएकाे छ ।बाराकाे प्रसौनी गाउँपालिका वडा नं. ५ नकटुवा निवासी ४१ बर्षिय रमेश महत्तो नुनियालाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
 
प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार राति ११:०० बजेको समयमा मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटे चेकपोष्ट स्थित पुर्व पश्चिम सडकखण्डबाट नुनियालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
 
विरगंजबाट काठमाण्डौ तर्फ आउँदै गरेको ना ५ ख २४६८ नम्बरको यात्रु वाहक बसलाई रोकी चेक जाँच गर्ने क्रममा बसबाट ओराली रितपुर्वक निजको शरीरको खानतलासी गर्दा निजले लगाएको पाईन्टको खल्ती भित्र लुकाई छिपाई गरी राखेको अवस्थामा १८ ग्राम लागु औषध खैरोहेरोईन जस्तो देखिने खैरो पदार्थ फेला परेको प्रहरीले जनाएकाे छ ।
 
उक्त लागु औषधसहित नुनियालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...

वीरगञ्ज सुक्खा बन्दरगाह र आईसीपीको पूर्वाधार विकास समितिद्वारा अनुगमन

वीरगञ्ज । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र एकीकृत...