Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

खैरो हिरोईनसहित प्रसौनीका नुनिया पक्राउ

spot_img
spot_img
वीरगंज । प्रहरीले १८ ग्राम लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ सहित १ जना नियन्त्रणमा लिएकाे छ ।बाराकाे प्रसौनी गाउँपालिका वडा नं. ५ नकटुवा निवासी ४१ बर्षिय रमेश महत्तो नुनियालाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
 
प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार राति ११:०० बजेको समयमा मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटे चेकपोष्ट स्थित पुर्व पश्चिम सडकखण्डबाट नुनियालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
 
विरगंजबाट काठमाण्डौ तर्फ आउँदै गरेको ना ५ ख २४६८ नम्बरको यात्रु वाहक बसलाई रोकी चेक जाँच गर्ने क्रममा बसबाट ओराली रितपुर्वक निजको शरीरको खानतलासी गर्दा निजले लगाएको पाईन्टको खल्ती भित्र लुकाई छिपाई गरी राखेको अवस्थामा १८ ग्राम लागु औषध खैरोहेरोईन जस्तो देखिने खैरो पदार्थ फेला परेको प्रहरीले जनाएकाे छ ।
 
उक्त लागु औषधसहित नुनियालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।
spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी अस्पताल प्रकरण : ३ दिनपछि वडा अध्यक्ष आशुतोष चतुर्वेदी रिहा

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी नारायणी अस्पताल कुटपिट प्रकरणमा पक्राउ परेको तीन दिनपछि बिहीबार साँझ रिहा भएका छन् । नारायणी अस्पतालमा...

शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न रास्वपा नेता चौरसियाको आग्रह

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता योगेन्द्र चौरसियाले मधेशमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई शान्ति, सद्भाव र...

दोषीमाथि कडा कारबाही हुन्छ, अफवाह नफैलाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत विभिन्न स्थानमा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देशका केही जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई लिएर नेपाल...